About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
जनकपुर: कोरोनासँग मिल्दो लक्षण देखिएका चौकीदार र नेताको मृत्यु, पून: थपियो कर्फ्यु

खोज केन्द्र आइतबार, साउन २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता  छन् ।

 धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र  रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

 

प्रजिअ भट्टराईका अनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ ।  बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए ।

 त्यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली काँग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब सङ्कलन गर्ने काम भइरहेको प्रजिअ भट्टराईले जानकारी दिनुभयो । 

धनुषामा यसअघि एक जनाको कोरोना सङ्क्रमित भएर मृत्यु भइसकेको छ । दुई साताअघि शहीद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणले मृत्यु भएको थियो । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]