About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
सरकार बिरुद्व बिरगंजमा प्रदर्शन, कोरोना संक्रमित बढेपछि होटेलमा आइसोलेशन

खोज केन्द्र आइतबार, साउन २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा पैmलिएपछि स्थानीय होटेललाई आइसोलेशन बनाएर उपचार थालिएको छ । अहिले वीरगञ्जका चारओटा होटेललाई आइसोलेशनका रूपमा प्रयोग गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन केन्द्रले होटेल र धर्मशालाहरूलाई संक्रमितको उपचारका लागि आइसोलेशनका रूपमा उपोग गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । वीरगञ्जको होटेल रानी पोखरी, गोपाल मण्डली र राणी सती धर्मशालामा आइसोलेशन तयार पारेर उपचारको व्यवस्था मिलाइएको बस्नेतले बताए ।

पर्सामा संक्रमितको संख्या करीब १ हजार पुगेपछि उपचारमा समस्या भएको छ । ‘गण्डक र वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालको आइसोलेशनमात्र पर्याप्त भएन । संक्रमितलाई होम आइसोलेशनमा छोड्दा अनुशासित नहुने र संक्रमण झन् फैलिने सम्भावनाका कारण होटेल, धर्मशाला र विद्यालयलगायत स्थानमा थप २८० बेडको सामुदायिक आइसोलेशन तयार पारिएको छ,’ बस्नेतले भने ।

वीरगञ्जका दुईओटा अस्थायी कोरोना अस्पतालमा १५० बेडको आइसोलेशन छ । यसअघि नै वीरगञ्जको विजय ज्योति, कुमु प्यालेस र पूजन होटल आइसोलेशनका रूपमा प्रयोगमा आइसकेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताए ।

यी होटेलमा स्थानीय केही उद्योग र पालिकाले संक्रमित राखेका छन् । उद्योगका कामदारमा कोरोनाको संक्रमण देखिएमा उद्योग स्वयम्ले आइसोलेशनको व्यवस्था मिलाउनुपर्ने प्रशासनले बताएको छ । बारा–पर्सा औद्योगिक कोरिडोरका करीब आधा दर्जन उद्योगका कामदार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

होटेलका आइसोलेशनका संक्रमितलाई तोकिएको मापदण्डअनुसार खाना र आवास उपलब्ध गराउने जिम्मा होटेल व्यवसायीको हुनेछ । स्थानीय प्रशासनको समन्वयमा तयार होटल आइसोलेशन सञ्चालनका लागि सरकारले १ दिनको प्रतिव्यक्ति २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । सामुदायिक अस्पतालमा नारायणी अस्पताल र वीरगञ्ज महानगरको समन्वयमा स्वास्थ्यकर्मी खटाइने भएको छ ।

वीरगञ्जका अन्य होटललाई पनि आवश्यकताअनुसार आइसोलेशन र क्वारेन्टाइनका रूपमा उपयोग गरिने प्रशासनले बताएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा ३०० बेडको कोरोना आइसोलेशन बनाउने निर्णय पनि केन्द्रले गरेको छ । यसका लागि केन्द्रीय विपद् व्यवस्थापन केन्द्रमा पत्राचार गरिने भएको छ ।

ग्रामीण क्षेत्रका संक्रमितलाई स्थानीय सामुदायिक आइसोलेशनमा राखिने जानकारी बस्नेतले दिए । लक्षण नदेखिएका र सामान्य लक्षणका संक्रमितको यस्ता आइसोलेशनमा र गम्भीर संक्रमितलाई वीरगञ्जमा ल्याएर उपचार गरिने प्रशासनले बताएको छ ।

लक्षणसहितका संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि गत साउन १० गतेदेखि सदरमुकाम वीरगञ्ज र १९ गतेदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यकीयबाहेकमा सबै सेवा, व्यापार, उद्योग सबै बन्द गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]