About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
घुसकाे रेकर्ड ताेडियाे : एक करोड २४ लाखसहित धनुषाका कार्यालय प्रमुख पक्राउ

खोज केन्द्र आइतबार, साउन २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट  पक्राउ गरेको छ ।

 उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिँडेको आयोगले जनाएको छ । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) हुन् । 

प्रक्रिया नै नपु¥याई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

 आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन् । आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]