About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २: ९३ प्रतिसतले भने मुख्यमन्त्री लालबाबुको कामबाट सन्तुष्ट छैनौँ

खोज केन्द्र शनिबार, साउन २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोनाभाइरस सङ्क्रमणका बेला प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको काम कारवाहीबाट जनता सन्तुष्ट नभएको बुझिएको छ ।

यात्रा डेली पत्रिकाले आफ्नो आधिकारी फेसबुक पेजमा चलाएको अनलाइन पोलमा ९३ प्रतिसत जनताले कोरोना कालमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको काम कारवाहीबाट आफुहरु सन्तुष्ट नभएको बताएका छन् ।

नमूना सर्वेक्षणका रुपमा यात्रा डेलीले चलाएको अनलाइन पोलमा १७ सय भन्दा बढीले सहभागिता जनाएका थिए । सहभागी मध्ये केवल १ सय २० जनाले मुख्यमन्त्री लालबाबु राउतको काम कारवाहीबाट आफुहरु सन्तुष्ट भएको बताएका छन् । अन्य १६ सयले मुख्यमन्त्रीको काम आफुहरुलाई सन्तोषजनक नलागेको भन्दै भोट गरेका छन् ।

अनलाइनको फेसबुक पेजमा शुक्रबार दिउँसोबाट सुरु भएको अनलाइन पोल शनिबार दिउँसो सम्पन्न भएको छ । २४ घण्टासम्म चलेको पोलमा प्रदेशभरीका जनता र विशेषगरी युवाहरुले सहभागिता जनाएका थिए ।

कोरोनाभाइरस महामारीको समयमा मुख्यमन्त्री लालबाबु राउतले काम भन्दापनि बढी आश्वासन बाडेको जनताको आरोप छ ।

पोलमा जनताले कमेन्ट गर्दै मुख्यमन्त्री लालबाबु राउत काम गर्नु भन्दा पनि आश्वासन बाड्न बढी व्यस्त देखिएको बताएका छन् ।

प्रदेश नं. २ मा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सरकारले कोरोनाको समयमा यहाँका अस्पतालहरुका लागि एउटा भेन्टिलेटरसमेत खरिद गर्न सकेको छैन । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको प्रदेश नं. २ मा जनताले प्रदेश सरकार अनुभूति नगरेको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

नागरिक समाजका अगुवाहरुका अनुसार मुख्यमन्त्री लालबाबु राउत गद्दी एक्सन भन्दापनि प्रमोसनमा बढी ब्यवस्त भएको आरोप लगाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]