About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
जनकपुरमा अस्पताल र रेडक्रसको चरम लापरवाहीले सुत्केरी महिलाको मृत्यु

खोज केन्द्र शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुमरा एक सुत्केरीको मृत्यु भएको छ ।

जनकपुर स्थित रामजानकी अस्पतलाको लापरवाहीले महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको हो । राम जानकी अस्पतालमा सुत्केरी वा बिरामी मर्नेको संख्या अत्याधिक छ । बिरामी मारेकै कारण उक्त अस्पताल पटक पटक बिबादमा आउने गरेको छ । 

‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा बिहीबार राति गंगादेवीको मृत्यु भएको हो ।

व्यथा लागेपछि बिहीबार अपराहन्न ४ बजे उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अप्रेशन मार्फत गंगादेवीले छोरी जन्माएकी थिइन् । पछि शरीरमा रगत अभाव भएको थियो । अस्पतालले सुत्केरीको रगत सेम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो ।

रेडक्रसले दिएको दुईपोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजेटिभको ठाउँमा बी पोजेटिभ रगत चढेको पत्ता लागेको थियो । त्यसको केहि बेर पश्चात सुत्केरीको मृत्यु भएको मृतककी पति राजकिशोर महतोले बताए ।

अस्पतालले भने अनुसार नै सेम्पल लिएर गएर रेडक्रसबाट रगत ल्याएको र त्यहिँ मध्ये एउटा पोका बी पोजेटिभ रगत अस्पतालले चढाएकोले श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गरेका छन् ।

दोषी अस्पताल र रेडक्रसलाई कारबाही र क्षतिपुर्ति नदिएसम्म श्रीमतीको शव नठाउने उनले बताए ।

यत अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको जिउमा ओको ठाउँमा बी पोजेटिभ चढेको दावी गरेको छ । अस्पतालका सञ्चालक गणेश साहले अस्पतालले पठाएको सेम्पल अनुसार रेडक्रसले रगत दिएको र त्यहि चढाएकाले यसमा अस्पतालको कुनै लापरबाही नभएको दावी गरे । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]