About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
प्रदेश २: मेयरदेखि मन्त्रीसम्म संक्रमित, सबै मन्त्रालयको सम्पूर्ण काम ठप्प

खोज केन्द्र शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहित अन्य ८ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि एउटाबाहेक सबै मन्त्रालयको सम्पूर्ण काम ठप्प भएको छ । बुधवार मन्त्रीसहित मन्त्रालयमा कार्यरत ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सम्पूर्ण काम बन्द गरिएको हो । यद्यपि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय भने खुलै रहेको छ ।

सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालय बुधवारदेखि नै बन्द गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक अतिश मिश्रका अनुसार मन्त्रालयहरूमै संक्रमित फेला परेपछि अन्य कर्मचारी र सेवाग्राहीको सुरक्षालाई दृष्टिगत गर्दै कार्यालय बन्द गरिएको जानकारी दिए ।

मेयरदेखि मन्त्रीसम्म संक्रमित
प्रदेश २ को राजधानी जनकपुरधाममा मेयरदेखि मन्त्रीसम्ममा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बुधवार साँझ आएको रिपोर्टमा प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद रिना यादव र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, उपमेयर रितकुमारी मिश्र र उनको सचिवालयसहित परिवारका सदस्यहरू समेत संक्रमित भएका छन् ।

मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् भने जनकपुरधाम उपमहानगरपालिका मेयर साह उपचारका लागि काठमाडौं भएको बताइएको छ ।

हालसम्म प्रदेश २ मा ५ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण २१ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]