About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
कोरोना संक्रमण: भन्सार एजेन्टको आलोपालो प्रणाली

खोज केन्द्र बिहिबार, साउन २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगञ्जमा समुदायस्तरमा कोरोना संक्रमण बढेपछि नाकामा काम गर्ने भन्सार एजेन्टहरूले पनि आलोपालो प्रणाली अपनाएका छन् । मुख्य नाकामा मानिसको भीडभाड हुँदा संक्रमणको जोखिम बढी हुने भन्दै भन्सार एजेन्टहरूले आलोपालो गरी काम गर्ने सहमति गरेका हुन् । गाडी चालक, सहचालक र एजेन्टहरूको भीडका कारण संक्रमणको जोखिम बढेको वीरगञ्ज भन्सार एजेन्ट संघका सहसचिव भानु अधिकारीले बताए । भन्सारमा भीडभाड कम हुने गरी काम गर्ने व्यवस्था मिलाइएको सहसचिव अधिकारीले जानकारी दिए ।

‘अत्यावश्यक मालसामान र औद्योगिक कच्चा पदार्थको हकमा यो लागू हुँदैन । त्यसबाहेकका मालसामानको जाँचपासका लागि दिनहुँ भन्सार जानुनपर्ने गरी तालिका मिलाइएको छ,’ उनले आर्थिक अभियानसँग भने । संक्रमण नघटेसम्मका लागि यो व्यवस्था गरिएको उनले बताए ।

वीरगञ्ज नाकामा काम गर्ने एक जना एजेन्टमा कोरोना संक्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको हो । वीरगञ्जका तीनओटा भन्सारमा ४० एजेन्ट काम गर्छन् । ती एजेन्टका कम्तीमा १० जना कर्मचारी भन्सारमा जाँदा ४०० मानिसको भीड लाग्छ । एजेन्टका आधा जनशक्तिमात्र जाने गरी कार्यतालिका मिलाइएको संघले बताएको छ ।

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारमा भारतबाट मालसामान लिएर आएका गाडी चालक र सहचालक, भन्सार कर्मचारी, एजेन्ट र अन्य सेवाग्राही गरी दैनिक २ हजार मानिसको आवागमन हुने भन्सारका सूचना अधिकृत विमल साहले बताए । अधिकांश मालसामान आईसीपी भन्सारमा गए पनि पुरानो इनर्वा नाकाबाट क्लिंकर, कोइला, आइरनओर, स्ल्यागजस्ता मालसामान आयात हुन्छ ।

इनर्वा र सुक्खा बन्दरगाह भन्सारमा कार्य सञ्चालनका क्रममा दैनिक थप ५०० देखि ७०० मानिसबीच सम्पर्क हुने भन्सार कर्मचारी बताउँछन् । एजेन्टले प्रिन्ट गरेर ल्याएको कागजातमा भन्सार कर्मचारीले हस्ताक्षर गर्दा एजेन्ट र कर्मचारीबीच प्रत्यक्ष सम्पर्क हुन्छ ।

यसबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै भन्सार र एजेन्टको समझदारीमा आलोपालो प्रणाली अपनाइएको हो । भन्सार कर्मचारी र सेवाग्राहीको प्रत्यक्ष सम्पर्क घटाउन आधिकारिक पासवर्डबाट जाँचपासको कानूनी व्यवस्था भए पनि भन्सार विभागले कार्यान्वयनमा चासो देखाएको छैन ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]