About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २ का ६ स्थानीय तहका जनतालाई टुक्की नै सहारा, अझै पुगेन विद्युत्

कमलेश ठाकुर बुधबार, साउन २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ का ६ ओटा स्थानीय तहमा अझै विद्युत् सेवा पुग्न सकेको छैन । प्रदेशका सप्तरी, सिरहा र सर्लाहीका ६ वडाको सुकुमबासी बस्ती राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर रहेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज सिंहका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा विद्युत् पुग्न सकेको छैन् । यहाँका करीब १०० घरधुरी विद्युत् सेवाबाट वञ्चित छन् ।

उक्त पालिकाको नगर प्रमुख प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा शैलेश साह छन् ।

प्रदेश सरकारबाट वर्षेनि धेरै योजना र बजेटको व्यवस्था गरिए पनि नगर प्रमुख साहले सबै बस्तीमा विद्युत् सेवा विस्तार गर्न सकेका छैनन् ।

यस्तै सिरहाका दुई स्थानीय तहका केही वडाका बासिन्दा विद्युत् सुविधाबाट वञ्चित छन् । जिल्लाका धनगढी र लहान नगरपालिकाको एक÷एक वडामा विद्युत् सेवा पुग्न नसकेको हो । धनगढी नगरपालिका–१४ स्थित मरणी, फट्टी र हाथी ढुंगा गाउँमा विद्युत् पुग्न नसकेको छैन । यस्तै, लहान नगरपालिका–१५ को भोडना बेटहा पनि विद्युत्बाट वञ्चित छ । उक्त ठाउँमा ११ केभीए विद्युत्को मात्र माग रहेको बताइएको छ ।

सर्लाहीका सबैभन्दा बढी जनता विद्युत् सेवाबाट वञ्चित छन् । जिल्लाको लालबन्दी नगरपालिकाका चार वडामा विद्युतीकरण हुन सकेको छैन । पालिकाको वडा नं १२ स्थित भालुखोला, १३ नारायण डाँडा, १४ नारायण खोला र १५ स्थित प्रमनिपुर गाउँ विद्युत् सुविधाबाट वञ्चित भएको हो । यस्तै, ईश्वरपुर नगरपलिका–१३ स्थित बौधी र दोभानका साथै बागमती नगरपालिका–१ को धाबडाँडा र हरिन डाँडामा विद्युतीकरण हुन सकेको छैन ।

प्रदेशका ९८ प्रतिशत ठाउँमा विद्युत् सेवा पुगेको प्रादेशिक कार्यालयका प्रमुख सिंहले जानकारी दिए । प्रदेशका अधिकांश स्थानमा विद्युत् पुगिसकेको उनको भनाइ छ । ‘प्रदेश २ का ९८ प्रतिशत ठाउँमा विद्युत् सेवा पुगिसकेको छ,’ उनले भने, ‘आउँदो कात्तिकसम्म शतप्रतिशत पु¥याउने प्राधिकरणको लक्ष्य छ ।

लकडाउनका कारण केही समय ढिलो भएको छ । कात्तिकसम्ममा बाँकी जिल्लाका स्थानीय तहका वडा र गाउँसम्म विद्युतीकरण भइसक्छ ।’

पूर्ण विद्युतीकरण गर्ने योजनामा गत आर्थिक वर्षमा ७८ करोड रुपैयाँ लगानी भइसकेको छ । प्रादेशिक कार्यालयले पूर्ण विद्युतीकरणको योजनाका लागि वर्षभर काम गरेको सिंहले बताए ।

विद्युत् पुग्न नसकेका सबै ठाउँको टेण्डर भएर काम अघि बढेको उनको भनाइ छ । पूर्ण विद्युतीकरणको योजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै उनले विद्युत् पुग्न नसकेको ठाउँमा निर्माणाधीन काम ३५ प्रतिशत पूरा भएको जानकारी दिए । प्रादेशिक कार्यालय मातहत विद्युत् सेवा लिने ग्राहकको संख्या १० लाख नाघेको सिंहले बताए । ‘विद्युत् विस्तार हुँदा ग्राहकको संख्या पनि बढेको छ ।

पूर्ण विद्युतीकरण भएपछि ग्राहकको संख्या अझै बढ्नेछ,’ उनले भने । अहिले प्रदेशमा हिउँदमा मासिक ११ करोड युनिट र वर्षामा मासिक १८ करोड युनिट विद्युत् खपत हुन्छ । राष्ट्रिय विद्युत् प्रणालीमा उपलब्ध कुल ऊर्जा क्षमताको २५ प्रतिशत यो प्रदेशमा खपत हुने गरेको कार्यालयले बताएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]