About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
स्थानीय तहहरूले आर्थिक वर्ष २०७७-७८ को बजेट पारित भएको विवरण नपठाएको भन्दै तेस्रोपटक ताकेता

खोज केन्द्र मंगलबार, साउन २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले आर्थिक वर्ष २०७७-७८ को बजेट पारित भएको विवरण नपठाएको भन्दै तेस्रोपटक ताकेता गरेको छ।

स्थानीय तहहरूले आगामी आर्थिक वर्षको बजेट पारित गरेको विवरण संघीय मामिला मन्त्रालयको तोकिएको ढाँचामा पठाउन (वेबसाइटमा अपलोड गर्न) भन्दै आए पनि अझै नगरेपछि ताकेता गरेर पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।

https://drive.google.com/file/d/16rfVVdcE7symQXZwNOAjqnFb7KFay_WS/view

मन्त्रालयले ताकेता पत्रमा विवरण अपलोड नगर्ने १५१ स्थानीय तहको नाम पनि उल्लेख गरेको छ।

‘पत्रमा स्थानीय तहहरूले आर्थिक वर्ष २०७७-७८ को बजेट विवरण हालसम्म पनि मन्त्रालयको वेबसाइटमा अपलोड नगरेको पाइएकाले तत्काल तोकिएको ढाँचामा सो विवरण अपलोड गर्न’ भनिएको छ।

नगरपालिका संघ र गाउँपालिका महासंघका अनुसार कानुन अनुसार स्थानीय तहले १० असारसम्म आगामी आर्थिक वर्षको बजेट गाउँ-नगरसभामा पेश गरिसक्नुपर्ने र असार महीना भरिमा पारित गर्नुपर्ने भएपनि ५३ स्थानीय तहले बजेट पारित गरेका छैनन्।

पत्रमा उल्लेखित सबै स्थानीय तहहरूले बजेट पारित नै नगरेको भन्ने होइन, पठाउनुपर्ने विवरण नपठाएकाले पत्राचार गरेको मन्त्रालयको भनाइ छ।

बजेट पारित गरेको विवरण पठाउन यसअघि पहिलोपटक ७ असारमा, दोस्रो पटक ४ साउनमा र तेस्रो पटक १८ साउनमा मन्त्रालयले पत्राचार गरेको हो।

 

 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]