About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
नेपाल भित्र दैनिक ४८ ओटा उडान तयारी

उडान अन्योल कायमै

खोज केन्द्र मंगलबार, साउन २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ ओटा उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महीनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ ओटा उडान स्वीकृति दिएको बताएको छ ।

प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट) मा ३९ उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ ओटा गरी दैनिक ४८  अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् ।

बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्सलगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेका छन् । कतिपय एयरलाइन्सले उडान तालिका बनाएर प्राधिकरणबाट स्वीकृति पनि लिइसकेका छन् । यस विषयमा प्राधिकरणले औपचारिक निर्णय गरिसकेको छैन ।

वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रंक रुटमा अहिलेलाई ४८ ओटा उडान प्राधिकरणबाट स्वीकृत भएको बताए ।
बुद्ध एयरले १८ ओटा उडान अनुमति पाएको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले उडान सञ्चालनका लागि आवश्यक सबैखाले तयारी गरिएको बताए । बुद्ध एयरले सबै गन्तव्यमा उडान गर्ने योजनाअनुरुप टिकट बुकिङ खुलाएको उनले जानकारी दिए ।

बुद्धले ११ एटीआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ । सामान्य अवस्थामा दैनिक १०० ओटा हाराहारी उडान गर्ने बुद्धले बन्दाबन्दीपछिको शुरुआती चरणको उडानमा कम संख्यामा  उडान गर्नेछ ।

निजी क्षेत्रको अर्को यती एअरलाइन्सले ११ उडान अनुमति पाएको छ । सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल प्राधिकरणबाट अनुमोदन गराई पूर्वाभ्यास गरिरहेको छ । यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दैनिक रुपमा कर्मचारीलाई अभ्यास तथा स्वास्थ्य सर्तकताका सबैखाले तयारी गरिएको जानकारी दिए ।

यतीले शुरुमा ११ ओटा उडान गर्नेछ । अवस्था हेरेर क्रमशः उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । यतीले सामान्य अवस्थामा दैनिक ७० ओटा सम्म उडान गर्दै आएको थियो । यतीसँग हाल पाँच एटीआर र पाँच ओटा जेटस्ट्रिमसहित १० जहाज छन् ।

आठ ओटा उडान अनुमति पाएको श्री एयरले पनि आफ्ना गन्तव्यमा सुरक्षित उडानका लागि पूर्वअभ्यासलगायत तयारी गरिसकेको छ । कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले भदौ १ गतेदेखि हुने उडानको सम्पूर्ण तयारी सकिएको बताए ।

पहिला दैनिक २० उडान गर्ने श्रीले पनि भदौ पहिलो साताभर दैनिक आठ ओटा उडान गर्नेछ । कम्पनीसँग सीआरजे ७०० र सीआरजे २०० सिरिजका समान दुई जहाज तथा ‘ड्यास एट’ दुई गरी जम्मा छ ओटा जहाज छन् ।

समान तीन उडान पाएको सीता र समिट तथा सीम्रिक एयरले दुई ओटा उडान गर्ने अनुमति पाएका छन् । सौर्य एयरलाइन्सको जहाज ग्राउण्डेड रहेकाले उडानको यकिन भएको छैन । विमानस्थलमा प्रतिघण्टा ३५० जना यात्रुलाई मात्र उडान गर्ने प्राधिकरण र वायुसेवा प्रदायकबीच सहमति भएको छ ।

यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते  बैठक बसी निर्णय हुने प्राधिकरणले बताएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ ।

उडान अन्योल कायमै

वायुसेवा कम्पनीले उडान सञ्चालनको तयारी तीव्र पारिरहँदा अझै उडान हुने होकी भन्ने यकिन भएको छैन । काठमाडौं उपत्यकामा दैनिक कोभिड–१९ संक्रमणका बिरामी बढिरहेकाले पुनः लकडाउन हुनसक्ने स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले चेतावनी दिएको छ ।

विज्ञहरुको सुझावलाई लिएर सरकारले कोभिड संक्रमण नियन्त्रणका लागि पुनः सवारी साघनको जोर बिजोर प्रणाली लागू गर्नसक्ने बताइएको छ । सोही सम्भावित अवस्थालाई ध्यानमा राख्दै हवाई कम्पनीले पाँच महीनापछि शुरु हुन लागेको हवाई उडान प्रभावित हुनसक्ने आशंका गरेका छन् ।

सार्वजनिक यातायात पूर्ण सञ्चालनमा नआउँदा हवाई उडानलाई समेत असर पर्ने उनीहरुको बुझाइ छ । ट्रंक रुटमा मुख्यगरी विराटनगर, सिमरालगायत गन्तव्यमा अवरोध कायमै रहेको तथा नेपालगञ्जसहित अन्य विमानस्थलमा पनि समस्या आउनसक्ने भएकाले शुरुआती व्यावसायिक उडान सञ्चालनमा कठिनाइ हुन सक्ने संघका प्रवक्ता शर्माले बताए ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक मानन्धरले एयरलाइन्सले उडान तयारी गरे पनि आगामी दिनको अवस्था कस्तो हुने भन्ने अन्योल रहेको बताए ।

कम्पनीले आफ्ना जहाज जाने मुख्य गन्तव्यमा अवरोध रहेकाले पोखरा गन्तव्यमा मात्रै उडान हुनसक्ने बताएको छ । आन्तरिक उडानमा १० ओटा हेलिकप्टर कम्पनीसहित १९ ओटा वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।

नियमित उडानमा ३४ ओटा हेलिकप्टर र ४६ ओटा जहाज छन् । आन्तरिकमा दैनिक ३५० ओटा भन्दा बढी उडान हुँदै आएको थियो ।   रासस

सम्बन्धित

ताजा अपडेट
काम गरेर देखाउने हैसियत भएका सांसदहरु !
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]