About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
तस्करीमा रमाउने एसपीहरूको सपना तुहियो

खोज केन्द्र शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सशस्त्र प्रहरीले ७१ एसपीको सरुवा गरेको छ । २२ वटा सीमा जोडिएका जिल्लामा जान एसपीहरूबीच चर्काे प्रतिस्पर्धा भएपनि यो वर्ष सरुवा विगतभन्दा पारदर्शी गर्न आईजीपी शैलेन्द्र खनाल बाध्य भएका छन् ।

पटक पटक सीमा क्षेत्रका गणको प्रमुखमा सरुवा भएकाहरू पुनः त्यहीं जान आर्थिक चलखेल गर्दै आएको इतिहास सशस्त्रमा छ । तर यसपटक पटक पटक सीमा क्षेत्रका जिल्लामा गणपति भएकाहरूलाई मौका नदिई नयाँलाई दिइएको छ ।

अवकास हुने बेलामा गणपति भएर तस्करीको लाइन चलाई अकुत कमाउने एसपीहरूको सपना तुहिएको छ । आईजीपी खनालले चाहेर पनि यो वर्ष पटक पटक सीमाको गणपति भएकाहरूलाई सरुवा गर्न सकेनन् ।

सरुवा मापदण्ड बनाएर एकपटक सीमा क्षेत्रमा बसिसकेकालाई पुनः नपठाउने नीति बनाएका कारण आईजी खनालले मनपरी सरुवा गर्न सकेनन् । 

यो पटकको सरुवामा सकेसम्म गणपति नभएकालाई मौका दिइएको छ । दोहोरिएर गणपति हुने कमै छन् । नयाँ एसपीहरूको संख्या नपुगेका ठाउँमा मात्र एकाध दोहोरिएका छन् । दुई पटक गणपति भएकाहरूले यसपटक अन्यत्रै चित्त बुझाउनु परेको छ ।

सशस्त्र प्रहरीमा विगतमा सीमा सुरक्षा कार्यालयलाई गणमा परिणत गरेको छ । ती गणमा सरुवा हुन्, ठूलो आर्थिक चलखेल हुने गरेको थियो । ती गणमा जाने एसपीहरूले तस्करीको लाइन चलाएर घुस लिने गरेका थिए । 

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमाका सशस्त्र प्रहरीलाई घुस लिंदालिंदै धेरै नै नियन्त्रणमा लिइसकेको छ । सशस्त्र प्रहरी सीमाको सुरक्षाका लागि राखिएको भएपनि गणका एसपीहरूले तस्करहरूसँग साँठगाँठ गरी अकुत कमाउने र त्यसको हिस्सा माथिसम्म बुझाउने गर्दै आएको आरोप छ । केही दिन अघि नवलपरासीको महेशपुर नाकाबाट तस्करी भएको पाँच ट्रकभन्दा बढी मरिच र केराउ भारतमा बरामद भयो । 

 भारतीय मिडियाले नेपालको नाकाबाट व्यापकरुपमा तस्करी हुने गरेको समाचार प्रसारण गरे । नेपाल प्रहरीका ५ नम्बर प्रदेशका डीआईजी रविन्द्रसिंह धानुकले महेशपुर प्रहरी कार्यालयका इन्स्पेक्टर महेश्वर उपाध्यायलाई तत्कालै ताने, तर सशस्त्र प्रहरीले गणपति भरत खनियालाई कुनै कारवाही गरेन ।

महेशपुर नाकाबाट मरिच र केराउको तस्करी हुने गरेको भनेर नेपालको बदनाम हुँदा पनि सशस्त्र प्रहरीले एसपी खनियाँलाई संरक्षण ग¥यो । 

 नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल उर्फ मुन्नाको संरक्षणमा महेशपुर नाकाबाट केराउ र मरिच तस्करी हुँदै आएको भारतीय मिडियाले आरोप लगाएपनि सशस्त्र प्रहरीले भने त्यसलाई बेवास्ता गरेको छ । एसपी खनियाँको आईजीपी शैलेन्द्र खनालसंग निकट सम्बन्धका कारण कुनै कारवाही नभएको बताइन्छ ।

खनियाँ एक दृष्टान्त हुन्, भारतसँग सीमा जोडिएका २२ वटा जिल्लाका एसपीहरूले तस्करीको लाइन चलाएर अकुत पैसा कमाउँदै आएको आरोप सुरक्षा पनकायबाटै लाग्ने गरेको छ ।

यो पटक सरुवा भएका नयाँ एसपीहरूले सीमा क्षेत्रको तस्करी नियन्त्रण गरेर सशस्त्र प्रहरीको छवि गिर्न नदिने अपेक्षा गरिएको छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]