About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
धनुषामा सख्खर उत्पादनको आकर्षण कायमै

सख्खरबाट स्वस्थ्यमा फाइदा

खोज केन्द्र बिहिबार, पौष १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । धनुषाका किसानहरू अहिले उखु पेलेर सख्खर बनाउन व्यस्त देखिएका छन् । जनकपुरधाम क्षेत्रमा सख्खरको माग वर्षभरी नै हुने गरेको छ । पर्व तिहारमा मात्रै नभई अन्य बेला पनि सख्खर खानेहरु बढी देखिएकाले उखु उत्पादक कृषकहरू सख्खर बनाएर बेच्ने कार्यलाई निरन्तरता दिएका छन् ।

स्थानीय जातका उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्न समेत मुस्किल पर्ने गरेको धनुषाका सख्खर उत्पादक गणेश महतो बताउँछन् । उनी भन्छन्, ‘तीला संक्रान्ति पर्वमा घरघरमा सख्खरको आवश्यकता पर्छ त्यही भएर वर्षकै सबैभन्दा उच्च माग यही बेला भएकोले माग उच्च भएको हो ।

तीला संक्रान्ति मा च्यूराकोलाई, मुरहीकोलाई, तीलकोलड्डु लगायतका सामग्रीहरूसख्खरवाटनै बनाउने गरिएका कारण माग बढ्न गई उत्पादन गरी बिक्री वितरण गर्न किसानलाई भ्याई नभ्याइ भएको सख्खर उत्पादकहरु बताउँछन् ।

अहिले १ क्विन्टल सख्खर बनाउने झण्डै १२ देखि १४ क्विन्टल उखु चाहिन्छ । यसरी उखुको जात अनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको सख्खर कारिगर मोहम्मद जुमराती अन्सारीले बताए । उनले भने, ‘९ क्विन्टल छिप्पिएको उखुमा एक क्विन्टल सख्खर तयार हुन्छ । तर अहिले उखु कलिलो भएर झण्डै १४ क्विन्टल उखुमा १ क्विन्टल सख्खर तयार हुन्छ । यसरी सामान्य रुपमा झण्डै ६० रुपैयाँको हाराहारीमा खुद्रा मूल्यमा विक्री वितरण भए पनि अहिले छठमा सख्खरका माग बढ्दा मूल्यबृद्धि भई ८० रुपैयाँ पुगेको किसानहरू बताउँछन् । सख्खरबाट किसानहरु हजारौँ कमाइरहेका छन् ।

पहिला धनुषाको ढल्केवर, नक्टाझिझ, महेन्द्रनगर, बटेश्वर लगायत दुई दर्जनभन्दा बढी स्थानमा उखुबाट सख्खर नै बनाउने गरिन्थ्यो । तर महोत्तरीको रामनगर, सर्लाहीको हरिवन र सिरहाको चन्द्रअयोध्यापुरमा चिनी मिल खुलेपछि चिनी मिलमा उखु बेच्नेहरु अत्याधिक देखिएका छन् । प्रदेश दुईका सांसद शत्रुधन महतोले केही किसानलाई सख्खर बनाएर फाइदा हुन्छ भने उ सख्खर बनाउँछन् जसलाई चिनी मिलमा बेचेर फाइदा भईरहेको छ उ चिनी मिलमा बिक्री गर्छन् बताए । धनुषा जिल्लाको केही नगरपालिका र केही गाउँपालिकामा उखुको उत्पादन अत्याधिक हुने गरेको छ ।

सख्खरबाट स्वस्थ्यमा फाइदा
दुध हामीले प्राय सधैं पिउदै आइरहेका छौँ । यसले हामीलाई चाइने सबै खालको पौष्टिक तत्वहरु प्रदान गर्छ । त्यस्तै सक्खर हामी गुलियो परिकार बनाउँदा प्रयोग गर्ने गर्छौं । सक्खार खानु स्वास्थ्यको लागी पनि निकै फाइदाजनक छ । हामीले दुध र सक्खर मिसाएर खाने गर्यौं भने यो हाम्रो लागी औषधि सरह हुने चिकित्सकहरु बताउँछन । यसले हाम्रो शरीरमा देखापर्ने धेरै खालका समस्याहरु निको पार्न मद्धत गर्छ । यसमा रहेका पौष्टिक तत्वहरुले शरीरको विकास गर्न ठुलो भुमिका खेल्ने गरेको छ ।

दुध र सक्खर मिसाएर खाँदा स्वास्थ्यलाई निकैफाइदा हुनेगरेको स्वास्थ्यका जानकारहरु बताउँछन् । आयुर्वेदका वरिष्ठचिकित्सक डा. एकमे ठाकुरका अनुसार दुध र सक्खर मिसाएर खाँदा छाला नरम बनाउँछ तातो दुध र सक्खर मिसाएर खान्ने गरेमा छाला सम्बन्धि विभिन्न समस्याहरु देखा पर्दैनन् । यसले हाम्रो छालालाई नरम बनाएर राख्न मद्धत गर्छ । यसका साथै थकान कम गर्छ यदि बाहिरको कामले तपाई थकित महसुस गरिरहनु भएको छ भने दुधमा सक्खर हालेर खाने गर्नुहोस । यसले तपाईको थकाइ कम गर्छ र शरीरलाई आराम मिल्ने गर्छ ।

महिनावारीमा महिलालाई राहत दिने गरेको जानकारहरु बताउँछन् । महिलालाई हरेकपटकको महिनावारीमा हुने पीडाबाट छुट्कारा पाउनका लागि तातो दुधसँग सख्खरको सेवन गर्नुपर्छ । यसका लागि महिनावारी सुरु हुनुभन्दा एक हप्ता अगाडिदेखि दैनिक एक चम्चा सख्खरको सेवन गर्न चिकित्सकहरु सल्लाह दिने गर्छन् ।

दम रोगीलाई पनि फाइदा पग्नेगरेको छ ।वरिष्ट चिकित्सक ठाकुरका अनुसार चिसोको समयमा दम रोगीलाई दम धेरै सताउने गर्छ । यस समयमा जतिसक्दो उनीहरुलाई आफ्नो शरीर न्यानो बनाउन जरुरी हुन्छ । दुध र सक्खरको मिश्रणले शरीरलाई न्यानो बनाउने काम गर्छ । यसले गर्दा दम रोगीलाई आराम मिल्छ ।

जोर्नीको दुखाई कम स् सख्खर खाँदा जोर्नीको दुखाईमा राहत प्राप्त हुन्छ । यसका लागि सख्खरको एउटा सानो टुक्रा काँचो बेसारसँग मिलाएर खानुपर्छ र साथमा तातो दुध पिउनुपर्छ । अनिद्रा हट्छ यदि कसैलाई निद्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक गिलास तातो दुधमा सख्खर मिलाएर पिउने गर्नुस् । यसबाट चाँडै निद्रा लाग्नुका साथै शरीरमा उर्जा पनि प्राप्त हुन्छ । यसले हाम्रो शरीरलाई रिल्याक्स्ड राख्छ । शरीरको वजन बढ्नबाट रोक्ने तातो दुधमा सख्खर हालेर खाँदा तौल नियन्त्रण हुन्छ । मोटोपना बढ्नुमा चीनीको ठूलो हात हुन्छ । त्यसैले चीनीको ठाउँमा सख्खर मिलाएर पिउँदा वजन कम हने गरेकोजानकारहरु बताउँछन् ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]