About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
गृह मन्त्रालयको सहसचिवमा महतो, धनुषामा खुशियाली

खोज केन्द्र बुधबार, साउन ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ १० जनाको पदस्थापन र अन्य १६ जना गरी २६ जना सहसचिवको सरुवा गरेको हो ।

प्रशासन स्रोतका अनुशार मन्त्रालयले आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश पोखराका सहसचिव किरण राज शर्मालाई संचार तथा सूचना मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेश हटौैंडाका सहसचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालयका सहसचिव केदार नाथ शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौँडाका सहसचिव मुकुन्द प्रसाद पौड्याललाई राष्ट्रिय सूचना आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डण्डु राज घिमिरे आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश, हेटौँडामा सरुवा गरिएको छ ।

त्यस्तै गरी गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय ,बाग्मती प्रदेश हेटौँडा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव लोकनाथ पौड्याल सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, राष्ट्रिय सूचना आयोग, काठमाडौँका सहसचिव बिनु बज्राचार्य कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश बस्नेत गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरु रामबन्धु सुवेदी भरतपुर महानगरपालिका, चितवन, नवराज घिमिरे हेटौँडा उपमहानगरपालिका, मकवानपुर, रमेश ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आनन्द काफ्लेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

त्यसै गरी विपिन आर्चाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इन्द्रदेव यादव गृह मन्त्रालय, हेमराज तामाङ गृह मन्त्रालय, अनिता निरौला कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्किम श्रेष्ठ सत्य निरूपण तथा मेलमिलाप आयोग र रामकुमार महतो गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका, चितवनका सहसचिव प्रेमराज जोशी रक्षा मन्त्रालय, हेटौडा उपमहानगरपालिका, मकवानपुरका सहसविचव राजेश पौडेल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका, बाराका सहसचिव प्रदीप राज अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ध्रुव कुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, काठमाडौँ, गृह मन्त्रालयका सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा भएका छन् ।

धनुषामा खुशियाली
संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयको अतिरिक्त समूहका सहसचिव राम कुमार महतो गृह मंत्रालयमा सरूवा भएपछि धनुषाका नगराईन नगरपालिकाका कर्मचारी मनोज झा खुशि हुँदै जिल्लाकै सफलताको रुपमा लिएका छन् । धनुषाका महतो गृह मन्त्रालय जस्तो उच्च निकायको जिम्मेवारी सम्हाल्न पाउनु निकै गौरव र अवसरको रुपमा रहेको झाले बताए ।

यस्तै मिथिला नगरपालिका वडा नं.८ का राजकिशोर सिंहले सहसचिव महतोको मिहनेतले जिल्लालाई नै गौरवान्वीत तुल्याएको बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]