About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिर्न थाले

खोज केन्द्र मंगलबार, साउन ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी लकडाउनमा प्रभावित बनेका किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिर्न थालेको छ । राहत तथा अनुदान कार्यक्रमअन्तर्गत प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले शुक्रवार तेस्रो चरणमा महोत्तरीका ६ हजार ६ सय ३२ किसानलाई ४ महीनाको कृषि ऋणको ब्याज तिरिदिएको जानकारी दिए ।

मन्त्री साहले जिल्लामा विभिन्न बैंक वित्तीय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका कृषकहरूको ४ महीनाको ब्याज बराबरको रकमको चेक सम्बन्धित बैंकलाई हस्तान्तरण गरेका छन् । ऋणको ब्याज अनुदानबापतको चेक विभिन्न बैंक तथा वित्तीय संस्थालाई हस्तान्तरण गरे । प्रदेश सरकारले चैत, वैशाख, जेठ र असारको ब्याज तिरिदिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत चैतमा किसानले लिएको ऋणको ब्याजमा अनुदान दिने घोषणा गरेको थियो । त्यसका लागि प्रदेश सरकारले चालू आवमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । ४ महीनाको ब्याज मिनाहा गर्दा प्रदेश २ का ८० हजार किसान लाभान्वित हुने बताइएको छ । लकडाउनका कारण प्रभावित कृषि क्षेत्र उकास्न र आम जनताले कृषिमा लगानी गर्ने वातावरण बनाउन प्रदेश सरकारले योजना बनाइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

महोत्तरीका कुल १३ हजार २ सय २९ जना कृषकले ब्याज तिरिदिन मन्त्रालय अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आवेदन दिएकामा ५ लाख रुपैयाँभन्दा कम ऋण लिएका ६ हजार ६ सय ३२ जना कृषकको ४ महीनाको ब्याज पहिलो चरणमा प्रदेश २ सरकारले तिरिदिएको हो । ती कृषकले विभिन्न ६४ वटा बैंक, वित्तीय संस्था र सहकारी संस्थाबाट कृषि ऋण लिएका थिए ।

मन्त्री साहका अनुसार किसानहरूको ब्याजबापत २ करोड ५१ लाख ४० हजार ४४ रुपैयाँ ६२ पैसा मन्त्रालयले सम्वन्धित बैंकहरूमा बुझाएको छ । लकडाउनका कारण बालीनालीमा परेको क्षतिको पनि राहत दिने योजनामा प्रदेश सरकार रहेको उनको भनाइ छ । ‘पशुपालक किसानलाई प्रतिलिटर १० रुपैयाँको दरले अनुदान दिन्छौं, कुखुरा पालक किसानलाई प्रतिकुखुरा १ सय रुपैयाँ, पशुको दाना र ढुवानीमा पनि अनुदान दिने सरकारको योजना छ,’ उनले भने ।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]