About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
नक्कली भिषा देखाइ १२ जनाको १८ लाख रुपैया लिएर दलाल लामा फरार

खोज केन्द्र शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिभिन्न प्रलोभन देखाई बैदेशिक रोजगारीको लागी बिदेश पठाउछु भन्दै सोझा साझा जनताको पैसा ठगी गर्ने गिरोह हरुलाई तत्काल नियन्त्रण नगर्ने हो भने यि र यस्ता घटना बाट हजारौ नागरिक ठगिनु पर्ने भयाबह अबस्था देखिएको छ ।

सिन्धुपाल्चोक जिल्ला हालको जुगल गाउँ पालिका ३ नम्बर वडा साबिकको गुम्बा गाबिस बोल्दे गाउँ निवासी जोरलाल तामाङको छोरा हाल काठमाडौं जिल्ला गोकर्णेश्वर स्थित नेपाल मेडिकल कलेज आतरखेल क्षेत्रमा बस्ने गणेश लामा भनिने व्यक्तिले विदेश पठाउँछु भनि सिन्धुपाल्चोक जिल्ला बार्हविसे गाउँ घर भै हाल काठमाडौं बस्ने अन्जना पोखरेल लगायत उहाका अन्य ११ जना गरि १२ जनाको पासपोर्ट लिएर नक्कली भिषा देखाई १८ लाख नगद लिएर विगत २ वर्ष देखि फरार भएको हुदा नीज गणेश लामालाई पक्राउ गर्नु पर्ने र पिडितलाई न्याय दिलाउन पहल गर्न सबैमा अनुरोध गरिएको छ ।

पैसा खाई फरार रहेका गणेश लामा लाई कोही कसैले भेट्नु भएमा तत्काल निम्न मोबाईल नम्बर ९८१०२५१६५८ /९८२८७५५६८३ / ९८१७१६३२५५ मा खबर गरि सहयोग गरिदिनुहुन सम्पूर्ण नागरिकमा पिडितहरुले आग्रह गरेका हुन ।

पिडित अन्जनालाई उक्त फरार दलाल समातिदिन्छौं भन्दै पैसा लिदै ठग्नेहरु मात्रै बढे तर फरार अभियुक्त खोजिदिने कोहि भेटिएनन। ऋण गरेर जोहो गरेको पैसाले अन्जना लगायतका साथीहरुको न दिनमा भोक न रातमा निन्द्रा भएको दुखदायी अवस्था बारे अन्जनाले दुखेसो पोखिन ।

आजकल देशको अवस्था भयावह मात्रै बन्दै छैन हरेक झुपडीका युवायुवतीको जीवन कष्टकर बन्दै गएको कारण खाडीको तातो माटोमा गएर श्रम गरेर खान्छु भन्ने इमान्दार श्रमिक सपनालाई दलाल र विचौलियाले सेकेन्ड भरको भ्रममा फसाएर लुट्ने क्रम तिब्र भएकाले यस्ता गिरोहदेखी सचेत रहन सबैमा जानकारी गराउदै फरार गणेश लामालाई पक्राउ गर्न समेत सबैमा अनुरोध गरेकी छिन ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]