About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
समाजवादी पार्टीको निर्णय विरुद्ध सरिता गिरीद्धारा सर्वोच्चमा मुद्दा दायर

खोज केन्द्र आइतबार, आषाढ २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालको राष्ट्रियता विपरित लागेकी सरिता गिरी आफ्नो सांसद पद पुनर्बहालीको माग गर्दै सवोच्च अदालत पुगेकी छन ।

समाजवादी पार्टीबाट निष्कासनमा परेकी गिरीले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरकी हुन । समाजवादीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको गिरीको आरोप छ ।

गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्वलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन । पार्टीको निर्णय संवैधानिक नभएको उनको भनाई छ ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् । पार्टीको ह्वीप उलंघन गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई सांसद र दलको सदस्यबाट निष्कासित गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]