About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
प्रदेश २ : समाजिक मन्त्रालयद्धारा कोरोना स्वास्थ्य सुरक्षा समाग्री खरिदमा झण्डै १२ करोड अनियमितता

गोबिन्द महतो शुक्रबार, आषाढ २६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

विश्वव्यापी कोरोना (कोभिड–१९) महामारी व्यवस्थापन तथा नियन्त्रणका लागि निमित्त खरिद स्वास्थ्य सामग्रीमा व्यापक अनियमितता भएको पाईएको छ ।

कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरीदमा सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत दुई सय प्रतिशत महँगो मुल्यमा सामान गरी अनियमितता गरेको पाईएको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बजारमा खुद्रामा पाइने ३ हजार ५ सय पर्ने पीपीई सेट ६ हजार ५ सय, ५ हजार पर्ने आईआर थर्मोमिटर ८ हजार, ३ सय सम्म पर्ने एन–९५ मास्क ५ सय, ७ रुपैयाँ पर्ने सर्जिकल मास्क १६ रुपैयाँ र १ सयदेखि बढीमा २ सय ५० सम्म उपलब्ध हुने सेनिटाइजर ५ सय रुपैयाँको दरले खरिद गरी अनियमितता गरेको पाईएको छ ।
सामाजिक विकास मन्त्रालयको वेवसाइटमा राखिएको विवरणमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले काठमाण्डौं स्थित मेडी सोलुसन इन्टरनेशनल प्रालिबाट ६ हजार ५ सयको दरले साढे ६ हजार पीपीई सेट ४ करोड २२ लाख ५० हजार, आदित्य इन्टरनेशनल जनकपुरबाट ८ हजारको दरले ४ सय पीस आईआर थर्मोमिटर ३२ लाख, राइन सप्लायर्स जनकपुरबाट एन ९५ मास्क ५ सयको दरले २१ सय थान १० लाख ५ हजार, जेकेआरएस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि काठमाण्डौबाट १६ रुपैयाँको दरले ९० हजार पीस सर्जिकल मास्क, १४ लाख ४० हजार र दुर्गा ट्रेड लिङ्क जनकपुरबाट ५ सय ९९ रुपैयाँको दरले १ हजार थान सेनिटाइजर ५ लाखमा गरि जम्मा ४ करोड ८४ लाख ९४ हजारको सामान खरीद गरेको छ ।

तर मेडि सोलुसन इन्टरनेशलन प्रालिले आफू कहाँ पिपिई सेटको मुल्य १ हजार २ सय देखि बढीमा ३ हजार ५ सय सम्मको रहेको बताए । उनका अनुसार यो दररेट भन्दा महँगो हाल नेपालको कुनैपनि बजारमा पीपीई उपलब्ध छैन् । सोही पीपीई सेटको मुल्य जनकपुर बजारमा बढीमा ४ हजार ५ सय रुपैयाँ सम्म पर्ने गरेको छ ।

खरिद गरिएको सामग्री मध्ये खुद्रा दररेटमा पीपीई र थर्मोमिटर प्रति सेट ३ हजार, एन–९५ मास्कमा २ सय, सर्जिकल मास्कमा ९ रुपैयाँ र सेनिटाइजरमा २ सय ५० रुपैयाँ महंगो मुल्य निर्धारण गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको ४ करोड ८४ लाख ९४ हजारको सामान मध्ये पीपीई सेटमा १ करोड ९५ लाख, थर्मोमिटरमा १२ लाख, एन–९५ मास्कमा ४ लाख २० हजार, सर्जिकल मास्कमा ८ लाख १० हजार र सेनिटाइजरमा २ लाख ५० हजार गरि आपसी मिलेमतोमा २ करोड २१ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार भएको पाईएको छ ।

तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले प्रक्रिया पु¥र्याएर प्रतिष्पर्धाको आधारमा स्वास्थ्य सामग्री खरीद गरिएको दाबी गरे । उनले भने, ‘बजारमा धेरै क्वालिटीका सामानहरु उपलब्ध छ तर हामीले डब्लूएचओले निर्धारण गरेको मापदण्ड अनुसारका सामान किनेका छौं, त्यसैले मुल्य बढि तिर्नुपरेको छ ।’ सामानको क्वालिटी, भ्याट र ढुवानी लगायतका खर्च अन्य प्रदेश भन्दा कम मुल्यमा खरिद गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]