About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
डिसहोम सहित भारतीय च्यानल बन्द गरेको बिरुद्व जनकपुरमा युवाहरुको प्रदर्शन

संचालन नगरे बिक्रीमा रोक लगाउने चेतावनी

खोज केन्द्र बिहिबार, आषाढ २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

डिसहोम सहित भारतीय च्यानल बन्द गरेको बिरुद्व जनकपुरमा युवाहरुको प्रदर्शन गरेका छन । उक्त च्यानलहरु संचालन नगरे बिक्रीमा रोक लगाउने उनीहरुले चेतावनी दिएका छन । 

नेपाल सरकारको निर्देशन बमोजिम डिसहोम सहितका सेवा प्रदायक संस्थाले नेपालले भारतको न्युज च्यानलहरु बन्द गरेपछि युवाहरु असन्तुष्टि ब्यक्त गरेका छन । 

समाजवादी पार्टीका युवाहरु तथा भातृसंगठनका युवाहरुले सञ्चारमन्त्री युराज खतिवडा सहित डिसहोम बिरुद्व नारा वाजी गर्दै पम्पलेट जलाएका छन । 

उनीहरुले नेपालका जनताहरु नेपालमा मात्र नभई भारत सहित विश्वभरि छरिएकाले कुनै पनि सञ्चारको हक खोस्न नहुने भन्दै नेपाल सरकारको यो निति निरंकुश शासनको उदाहरण रहेको बताए । आफुहरुले हेर्दै आएको च्यानलहरु पुनः प्रशारण नभए डिशहोमलाई बहिष्कार गर्ने र यहाँको विक्रेताहरुका साथै अधिकृत विक्रेताहरु सवै शाखाहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले डिशहोम मुर्दावाद नेपाल सरकार मुर्दावाद निरंकुश शासन बन्द गर सहितका नाराहरु लगाएका छन् । 

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । स्रोतका अनुसार सरकारले यस्तो निर्देशन दिएको हो ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । तर इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म चाहेरमात्र भारतीय च्यानलको प्रसारण रोक्न सकिन्न उनको भनाई छ ।

सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् । केबल अपरेटरहरुलाई सरकारले आग्रह गर्दा जुनसुकै बेला विदेशी च्यानलको प्रसारण रोक्न सक्छ । डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले साम”हिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]