कोरोना महामारीको कारण सिमा नाका सिल रहेको बेला बिराटनगर आसपासको सिमावर्ति एरियाहरुमा अहिले मेला लागे सरह भिडभाड हुने गरेको छ ।
लामो समय लकडाउन को कारण प्रभावित भएका सिमावर्ति क्षेत्रका सर्वसाधारणहरु अहिले केहि सस्तो दरमा पाउने आसमा खाध्यान्न सामग्री लगायत अतिआवश्यक सामग्रीहरु खरिदको निम्ति भारत तर्फ़ जाने ओहोरदोहोर गर्नेहरुको खुला सिमा क्षेत्रमा घुईचो लाग्ने गरेको देखिन्छ । सोही अवस्थाको फ़ाईदा उठाउदै लागु औषध सेवनकर्ता तथा व्यापारीहरु पनि आफ़्नो लागु औषध को करोबारमा व्यस्त हुनेगरेको छ । खुला सिमा रहेको बिराटनगरको १६ नं. वडा को दरैया र दक्षिन गेट बिचमा रहेको सुगरमिल गेट अगाडी बाट लागु औषध प्रयोगकर्ताहरु सहज रुपमा लागु औषध पाउने गरेका छ्न । करिब सात सय मिटर लामो रहेको दरैया र दक्षिन गेट सम्म ड्युटीमा खटेको इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी सुरक्षाकर्मीको संख्या न्युन रहेको कारणले लागु औषध कारोवारीलाई सहज हुने गरेको छ ।
उक्त सात सय मिटर लामो एरियामा ईलाका प्रहरी कार्यालय रानी बाट एक जना र सशस्त्र प्रहरी तिन जना गरी जम्मा चार जना खटेको प्रहरी सुरक्षाकर्मीलाई नेपाल भारत अनावश्यक ओहोरदोहोर गर्नेहरुलाई रोक्न नै हम्मे हम्मे पर्ने गरेको देखिन्छ । त्यही लागु औषध कारोवारीहरु प्रहरीलाई छल्दै प्लास्टिकको पोका भित्र लागुऔषध, ढुङ्गा र फिर्ता आउने पैसा हाली नेपाल तर्फ़ फालेर पुर्याउने गरेका छ्न । बुधवार दिन भरि जिल्ला प्रहरी कार्यालय मोरङ्ग बाट खटेको सादापोसाक को कर्मचारीहरुले केहि लागु औषध प्रयोगकर्ताहरुलाई पक्राउ गरि चेतावनी दिएर छाडेका हुन ।
यस्ता असामाजिक तत्वहरुको क्रियाकलापले गर्दा यहा बस्ने स्थानिय हरुलाई समेत समस्या हुनेगरेको र हुने खाने घरको देखिने महंगा महंगा मोटरसाईक लिएर टाढा टाढा बाट आउनेहरु न त किसान नै हुन नत समाज सेवीनै फेरी दरैया जस्तो ठाउमा न त कुनै सरकारी नत गैर सरकारी कार्यालय नै छ । त्यस्ता व्यक्तिहरुलाई हुलास चौक र प्रहरी तालिम केन्द्र पछाडीको बाटो बाटै प्रवेश दीईएन भने लागु औषध तथा अवैध कारोबारलाई केही हद सम्म निरुत्साहित गर्न सकिन्छ भनि दरैयाका स्थानियहरु सुझाव रहेको छ ।