About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
१० हजार रुपैयामा सांसदको अण्डरवियर र गन्जी मागे पछि स्थानीय नेता मिश्रा कुटिए

सांसद शाहको भित्री वस्त्र लिएर टुनामुना लगाउनका लागि प्रयास

खोज केन्द्र बिहिबार, पौष १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

कपिलबस्तु- कृष्णनगरका स्थानीय नेता श्याम मिश्राले प्रतिनिधी सभा क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहको अण्डर वियर र गन्जी मागे पछि उत्पन्न विवादमा नेता मिश्रा उपर हातपात भएको छ ।

सांसद शाहका डईभर शशीकान्त कश्यपलाई युवा नेता मिश्राले सांसद शाहको भित्री वस्त्रहरु अण्डरवियर र गन्जी लुकाएर ल्याईदिन आग्रह गरे । त्यसको बदलामा नेता मिश्राले डईभर कश्यपलाई नगद १० हजार रुपैया दिने प्रलोभन देखाएको डईभर कश्यपले बताए । तर सो आग्रह आफुले नमानी सो कुरा सांसद शाहलाई भनिदिंए, डईभर कश्यपले भने ।
घटना पौष ५ गते सांझको हो । नेता मिश्रा र डईभर कश्यप विच भएको यो वर्तालाप बारे बुझ्न युवा नेता मिश्रालाई शाह भवनमा आफुले बोलाएको सांसद शाहले बताए ।

आफ्नो भित्री वश्त्र किन चाहियो भनेर सोध्दा नशामा रहेका नेता मिश्रा उल्टै चर्को स्वरमा कराउन थाले, सांसद शाहले भने, “त्यस पछि डईभर कश्यप र मिश्रा विच विवाद उत्पन्न भए भयो ।” सो विवाद पछि मिश्राले जथाभावी गाली गलौज गर्न थाले पछि आफुहरु विच सामान्य झैझगडा तथा झडप सृजना भएको डईभर कश्यपले बताए ।
मलाई नै टुनामुना लगाउन मेरो भित्री बस्त्र खोज्ने र मेरा डईभरसंग भएको विवादलाई लिएर मलाई बदनाम गर्न खोज्ने एक खाले तत्व कृष्णनगरमा क्षेत्रमा सक्रिय रहेको सांसद शाहले आरोप लगाए ।

यसमा आफ्नो कुनै संलग्नता छैन, घटना बारे छानविन गर्न स्थानीय प्रशासन समक्ष मेरो पनि आग्रह छ, सांसद शाहले भने ।
सांसद शाहको भित्री वस्त्र लिएर टुनामुना लगाउनका लागि यस्तो प्रयास गरिएको हुन सक्ने सांसद शाहका एक निजी सचिवले बताए ।

युवा नेता मिश्रा राप्रपा नेपालका तर्फबाट कृष्णनगर नगरपालिकामा मेयर पदमा उम्मेदवार रहेका थिए । नेता मिश्राले भने आफुलाई सांसद शाहले हातपात गरेको आरोप लगाएका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]