प्रधानमन्त्री केपि शर्मा ओलीको समर्थनमा जनकपुरमा प्रदर्शन गरेका छन् ।
पार्टी फोडन र जनताको म्यान्डेड अनुसारको पाँच वर्षको स्थिर सरकारलाई फुटाउन पार्टीकै एक पंक्ती नेता सक्रिय रहेको भन्दै ओलीको समर्थनमा प्रदर्शन गरेका हुन ।
नेकपाका युवा संघका नेता संजीव झाले जनताले पार्टी अध्यक्ष ओलीलाई दुई तिहाइ बहुमत दिएको भन्दै स्थायित्वलाई निरन्तरता दिन उनको विकल्प नरहेको बताउँछन्।
पार्टी र मुलुकलाई एकढिक्का बनाएर अघि बढ्न अध्यक्ष ओलीले दिएको योगदान हेरेरपनि उनको विकल्प खोज्न नहुने झाको भनाइ छ।
युवानेताहरु शम्भु साह तथा दिनेश सिंहको समन्वय तथा सक्रियतामा जनकपुरधामको शंकटमोचन मन्दिरको अगाडिवाट मोटरसाइकल जुलुस प्रदर्शन सुरु गर्दै प्रधानमन्त्री ओलीको पक्षमा नारावाजी गरेका छन ।
युवा नेता शम्भु साह र दिनेश सिंहले जनताले दिएको मत अनुसार सरकार चल्नु पर्ने बताए ।