About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
कोरोनाको नाम जनकपुरमा यसरी हुन्छ भ्रष्टाचार, पीसीआर परीक्षण पुनः बन्द

खोज केन्द्र बुधबार, आषाढ २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण बन्द गरिएको छ । पीसीआर परीक्षणमा प्रयोग हुने सामग्रीको अभावका कारण प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले मंगलवारदेखि पीसीआर परीक्षण बन्द भएको हो । कन्ज्युमेबल्स अर्थात् पीसीआर परीक्षणमा आवश्यक पर्ने सामानको अभाव हुँदा प्रदेश सरकारले करोडौं रुपैयाँ खर्चेर ल्याएको पीसीआर मेशिन थन्किने अवस्थामा छ ।

सरकारले पीसीआर मेशिनका लागि मात्र २ करोड ७० लाख रुपैयाँ खर्च गरे पनि परीक्षण नतीजामुखी देखिएको थिएन ।  लेखा शाखा र स्टोरका कर्मचारीको असहयोगका कारण आफूहरूले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सामान खरीद गर्न नसकेको प्रयोगशालाका प्रमुख रामविनय साहले बताए । ‘मैले पटक पटक मन्त्रालय र सचिवलाई लिखित पत्र नै पठाइसकेको छु,’ उनले भने, ‘तर कसैले कुनै चासो नलिएपछि यस्तो समस्या उत्पन्न भएको छ ।’ सामग्री खरीद गर्दा आपूmलाई लेखा शाखा र स्टोरले समस्या खडा गरेको र यस विषयमा सबैलाई लिखित जानकारी गराइसकेको उनको भनाइ छ ।

प्रादेशिक अस्पताल जनकपुरमा यसअघि पनि संघ सरकार मार्फत दुईपटक जडान गरिएको पोर्टेबल पीसीआर मेशिनले गलत रिपोर्ट दिएपछि जाँच बन्द गरेर तेस्रोपटक प्रदेश दुई सरकारले रियल टाइम पीसीआर मेशिन जडान गरेको छ । 

राजविराज र जनकपुरधाममा कोरोना भाइरस परीक्षणका लागि रियल टाइम पीसीआर मेशिनसहित त्यससँग सम्बन्धित विभिन्न १४ थान उपकरण प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत सामाजिक विकास मन्त्रालयले २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरीद गरेको हो । तर खरिद प्रकृया अलि पेचिलो देखिएको छ । उता, रौतहटको गौर जिल्ला अस्पतालमा कोभिड–१९ रियल टाइम प्रयोगशाला स्थापना एवं सञ्चालनका लागि मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ निकासा गरे पनि अहिलेसम्म जडान हुन सकेको छैन ।

गत जेठ १९ गतेदेखि विधिवत् रूपमा पीसीआर परीक्षण शुरू गरेको जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ४ हजार ५०० भन्दा बढी परीक्षण गरिसकेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]