About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
प्रदेश २: भारतले दशगजा क्षेत्र मिचेर अस्थायी बाँध बनाएको प्रमाणित

खोज केन्द्र बुधबार, आषाढ २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहट । भारतले दशगजा क्षेत्र मिचेर रौतहटमा अस्थायी बाँध निर्माण गरेको प्रमाणित भएको छ । नेपाल र भारतको संयुक्त नापी टोलीले जीपीएस प्रविधिबाट नापजाँच गर्दा जिल्लाको इशनाथ नगरपालिका–१ स्थित बन्जरहामा दशगजा क्षेत्र मिचेर भारतले अस्थायी बाँध निर्माण गरेको पुष्टि भएको हो ।

भारतीय पक्षले दशगजा क्षेत्रको करीब २ मिटर मिचेर बाँध बनाएको प्रमाणित भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

नापीपछि दशगजा मिचिएका स्थानहरूमा ११ ओटा पाइपको अस्थायी पिल्लर बनाएर सिमाना निर्धारण गरिएको उनले बताए । उनका अनुसार दुवै देशको सर्भे टोलीको सहमतिमा पिलर नं ३४६–५ देखि ३४६–७ सम्मको बीचको मोडमा ११ स्थानमा फलामे पाइप ३ फिट गाडेर कंक्रिट ढलानसहित मध्यविन्दु तोकिएको छ । यसरी तोकिएको मध्यविन्दु बाँधको उत्तरी फेदमा परेपछि भारतीय पक्षले दशजगा मिचेको पाइएको हो ।

सीमा मिचेको भूभागको बाँध नभत्काए नेपालले भत्काउने भनेपछि भारतले आफैले केही भाग भत्काएको थियो । बन्दाबन्दी (लकडाउन)को अवधिमा भारतले बाँधको उचाइ बढाउँदै वर्षाको पानीले नभत्किने गरी बलियो बनाएपछि स्थानीय चिन्तित भएका थिए । भारतले बनाएको अस्थायी बाँधका कारण गतवर्ष इशनाथ नगरपालिकाका अधिकांश गाउँ डुबानमा परेकाले यस पटक समस्या सामधानका लागि स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका थिए ।

रौतहट प्रशासनको पहलमा भारतीय पक्षसँग गरिएकोे छलफलपछि संयुक्त टोलीले नापी गर्ने सहमति भएको थियो । सहमति अनुसार भारतीय पक्षले बनाएको बाँध हटाउने भएपछि स्थानीय हर्षित भएको इशनाथ नगरपालिका–१ का वडाध्यक्ष विगु साह बनियाँले बताए । दशगजा क्षेत्रमा प्रष्टसँग रेखांकन गरिएकाले दुवै देशका बासिन्दालाई आगामी दिनमा सहज हुने उनले बताए ।

नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर सो बाँधको कारण वर्षेनि हुने डुबानको समस्या दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]