जनकपुरधाम, असाढ ६ । जनकपुरधाम उप–महानगरपालिका–२ जनक चौक स्थित रहेका पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाको छोरीको जग्गा प्रकाश राणाले कव्जा गरेका छन् । पूर्व प्रम थापाका ज्वाई राजपाल सिंह हमालका भाई धर्मपाल ज्वाला सिंहले जनकपुरधाम उप–महानगरपालिकामा कव्जा गरेको जग्गामा भई रहेको निर्माण कार्य रोक्का गर्नकालागि निवेदन दिएपछि प्रकाश राणाको करतुत बाहिर आएको हो ।
प्रकाश राणा जनकपुरधाममा एक प्रतिष्ठित व्यक्तिको रुपमा परिचित भएपनि यस्ता करतुतले उनको मान सम्मानमा समेत ठेस पुग्ने भएको छ । उनले आफ्ना जग्गामा घर बनाई सकेका छन् भने थापाका ज्वाई हमालको जग्गा कव्जा गरि त्यसमा निर्माण कार्य थालेका छन् । यस विषयमा हमालका भाडादारहरुले उनलाई जानकारी दिएको सो निवेदन पत्रमा हमालले उल्लेख गरेका छन् ।
पूर्व प्रम थापाका ज्वाईले जनकपुरधाम उप–महानगरपालिकामा सो कार्य रोक्का गर्नकालागि निवेदन दिएपछि तत्काल रोक्नकालागि आदेश दिइदै नगर प्रहरि पठाइएपनि उनले राति राति सो निर्माण कार्य गरि रहेको र अन्ति चरणमा समेत पुर्याएका छन् । प्रकाश राणा धेरै दिन देखि सो जग्गा कव्जा गर्ने मनस्थितिमा रहेपनि गर्न सकि रहेका थिएनन् । तर, अहिले आएर उनी अर्काका जग्गा कव्जा गरि गरिरहेको निर्माण कार्यले उनीमाथि अरु कसैको बल रहेको स्थानीय जनक चोकबासी बताउँछन् ।
स्थानीयबासीहरु भन्छन् यति दिन देखि उनी त्यस कार्यमा सफल नभएपनि अहिले कसको बलमा यस्ता क्रियाकलाप गर्न पुगेका छन् ? स्थानीयबासीहरु भन्छन्–‘प्रकाश दाई संग यस्तो आशा थिएन् ।’
स्थानीयबासीहरु भन्छन्–‘प्रकाश राणाको प्रहरी प्रशासनमा धेरैनै लगाव रहेका कारण उनलाई प्रहरी प्रशासन समेत सहयोग गरि रहेका छन् । तर, सत्य सत्यनै हुन्छ । प्रकाश दाईलाई हामीहरु पनि सम्झाउनेछौं ।’
निवेदक धर्मपाल ज्वाला सिंहले जनकपुरधाम उप–महानगरपालिकामा दिएको निवेदन पत्रमा भनिएको छ–‘म निवेदक स्थानीय सरकार संचालन ऐन २०७४ को दफा२७, २८, ३०, ३१, ३२, ३९ समेतका आधारमा निम्न लिखित व्यहोराको निवेदन गर्दछु ।’
मुल पुर्खा पदमजंग राणाको एकमात्र छोरा जोधारजंग राणा र जोधारजंग राणाको एक छोरा थिरजंग राणा निजको पत्नी पदम कुमारी राणा भएकोमा पदम कुमारीको २ वटा छोरी भएकोमा जेठी सीतारानी साह कान्छी गितारानी हमाल भएकोमा गितारानीको प्रचण्ड सिंह हमाल संग विवाह भई निजको ३ वटा छोरामा राजपाल सिंह, देशपाल सिंह र धर्मपाल ज्वाला सिंह रहेका छन् ।
निवेदकको हजुरमुमाको छोरा नभएकोले आमा गितारानीले पालन पोषण गरेको र निजको मृत्यु २०५१ साल फाल्गुन २३ मा भएको र मोरो आमा गितारानी हमालको मृत्यु २०६९ फाल्गुन ५ गते भएको निवेदकले सो निवेदन पत्रमा उल्लेख गरेको छ ।
उनले मेरी हजुरआमा पदमकुमारी राणाले मेरी आमा गितारानी हमाल साखै आमा छोरी भै निजले २०३९ आश्विन १६ मा दाइजोपत्र गरिदिनुभएको सो पत्रमा उल्लेख गरेका छन् ।
निवेदकको आमा गितारानी हमालको नाममा सर्वेनापी भएको दर्ता हुन बाँकी रहेको जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. २ सिट नं. १३९५–०५ किता नं. १०० किताकाट भई कायम भएको किता नं. १७० को क्षेत्रफल ३ कठ्ठा जग्गा खाली रहेकोमा हामी सपरिवार ललितपुर जिललामा बसी आएमोमा विपक्षीले हामी नभएको मौका पारी मेरी आमाको नाममा सर्वेनापी भएको जग्गा कव्जा गर्न गरेको बताएका छन् ।
उनले सो जग्गाको दक्षिण तर्फ ईटा बालुवा रड खसाई पक्की घर निर्माण गर्न लागेको भन्ने कुरा मैले भाडामा बस्न दिएका मानिसले टेलिफोन गरी जानकारी दिएको समेत सो निवेदन पत्रमा उल्लेख गरेका छन् ।
उनले दिएको निवेदन पत्रमा सो निर्माण कार्यलाई यथाशिघ्र रोक्का गरि विपक्षीलाई जरिवाना समेत माग गरेका छन् ।