असार १, जनकपुरधाम। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा अाउनै लागेको मनसुनवाट हुन सक्ने क्षतिलाई कम गर्नुका साथै विपदको समयमा सहयोग गर्न UN Agencies संगको सहकार्य तथा समन्वय सम्वन्धमा अाज वैठक वसियो।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको समुपस्थितीमा वसेको उक्त वैठकमा मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, UNFPA का नरेन्द्र मिश्र,UNICEF का अशोककुमार झा,WHO लगाायतका UN Agencies का प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
वैठकमा मन्त्री साहले अाउनै लागेको मनसुनवाट हुन सक्ने क्षतिवाट वच्न पुर्व तयारीमा लाग्न अनुरोध पनि गरेका थिए।