धनुषाको शहिदनगर नगरपालिकाको क्वारेन्टाईनबाट १ सय ६५ जना भागेका थिए । मेयर उदय बरबियाले क्वारेन्टाईनमा भ्रष्टाचार गरेको भन्दै आन्दोलित उनीहरु क्वारेन्टाईन तोडफोड गर्दै भागेका थिए । यद्दपी केही बेरमै उनीहरु क्वारेन्टाईन फर्केका छन ।
नगरपालिका वडा नं. ३ को यदूकुहामा रहेको क्वारेन्टाईनबाट १ सय ६५ जना एकै पटक भागेको क्वारेन्टाईनमा रहेका मनोज दासले जानकारी दिए ।
उनीहरु जनता विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका थिए । क्वारेन्टाईनमा वसेको २१ दिन पुगिसक्दा पनि संक्रमण परिक्षण नगरिएको भन्दै उनीहरु आन्दोलित थिए ।
उनीहरु मध्ये धेरै भारतबाट आएका थिए ।
क्वारेन्टाईनमा वसेकालाई नगरपालिकाले बस्ने ब्यवस्थापन गरेपनि खाना तथा स्वास्थ्य सामग्री प्रबन्ध नगरेकोले आफ्नै घरवाट खाना लिएर परिवारले खुवाईरहेकाछन् । खाना कपडा घरघरबाट ल्याउने लैजाने गर्दा असुरक्षा र जोखिम बढेको स्थानीयको गुनासो छ ।
क्वारेन्टाईन व्यवस्थीत नहुदा क्वारेन्टाईनबाट पटक मानिसहरु भाग्ने गरेका छन । यद्द्पी नगरपालिकाले लाखौं खर्च देखाएको छ । क्वारेन्टाईनमा जनावरको ब्यबहार गर्दै आएकाले आफुहरु झन पिडित बनेको अर्का ब्यक्ती जितेन्द्र माझिले बताए । यता मेयर बरबरिया यस सम्बन्धमा बोल्न मानेन ।