About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
प्रदेश नं २ को नीति तथा कार्यक्रम बहुमतले पारित

खोज केन्द्र आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । प्रदेश नं २ को सभाले आर्थिक वर्ष ०७७/ ७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेश सभाको आइतवार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

जेठ २५ गतेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलकबहादुर परियारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।प्रदेश सभामा पेस भएको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री लालबाबु राउतले आइतवारको बैठकमा जवाफ दिएका थिए ।

त्यससँगै नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममाथि प्रदेश सभाका अधिकांस सदस्यले आ–आफनो भनाइ राखेका थिए । पारित नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा जारी कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य क्षेत्रमा केही नयाँ कार्यक्रम समेटिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायत अन्य राजनीतिक दलले नीति तथा कार्यक्रमको विरोध गर्दै आएका थिए ।

प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलिप कुमार साह, शिवचन्द्र चौधरी,गोविन्द बहादुर न्यौपाने,रुबी कुमारी कर्ण, नरेश कुमार यादव, सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्गलगायतकाले संशोधन प्रस्ताव पेश गरेपनि बहुमतले अस्विकृत भएपछि सभामुख सरोज कुमार यादवले बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]