About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
अजय देवगनको नयाँ फिल्म विवादमा तानियो

खोज केन्द्र मंगलबार, पौष ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

नयाँदिल्ली : अजय देवगनको नयाँ फिल्म ‘तानाजी’ विवादमा मुछिएको छ ।अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघले दिल्ली उच्च अदालतमा फिल्म विरुद्ध मुद्दा दायर गरेको हो । जहाँ निर्देशक ओम राउतले फिल्ममा तानाजीको असली वंश नदेखाएको आरोप लगाइएको छ ।

उनीहरुले अदालतसँग सेन्सर बोर्डलाई उक्त फिल्मलाई सर्टिफिकेट नदिन आग्रह गरेका छन् । उक्त मुद्दाको सुनुवाइ आगामी डिसेम्बर १९ मा हुने बताइएको छ । फिल्मले तानाजी भन्दै मराठा समुदायलाई देखाएको संघको आरोप छ । जब कि, तानाजीको खास वंश क्षेत्रीय महादेव कोली रहेको विश्वास छ ।

त्यसो त, फिल्मको उक्त नामबारे पनि यसअघि नै विवाद भइसकेको थियो । मराठी जानकारहरुले निर्माताले असली नाम ‘तानाजी’लाई तोडमोड गरी ‘तान्हाजी’को रुपमा प्रस्तुत गरिएको टिप्पणी गरेका छन् ।

तर निर्देशकले जवाफ दिँदै भनेका छन्, ‘इतिहासको पाना पल्टाउनुस्, त्यहाँ पनि उनको नाम तान्हाजी नै छ ।’ संयोगवश अभिनेता अजय देवगनको यो १ सयौं फिल्म हो । यस फिल्ममा अजयसँगै काजोल, सेफ अली खान, शरद केलकर, ल्युक केनी, जगतपति बाबु लगायतको अभिनय छ । फिल्म आगामी जनवरी १० मा सार्वजनिक हुने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]