समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाकाली सन्धिमा सुगौली सन्धि भन्दा ठूलो राष्ट्रघात भएको भन्दै उक्त सन्धी गर्ने कांग्रेस वा कम्युनिष्ट जो भए पनि नेपाली जनतासामु माफी माग्नु पर्ने बताएका छन् ।
प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संसोधनमाथि बोल्दै अध्यक्ष यादवले पटकपटक भारत र छिमेकी मुलकसँग भएका सन्धि र सम्झौताले गरेको राष्ट्रको क्षतीको जिम्मेवारी लिन र त्यसको हिसाब सार्वजनिक गर्न माग गरे ।
मधेसी पार्टी र जनतालाई भारतीय र धोती भन्दै आफू राष्ट्रघात गर्नेले जनतासँग माफी माग्नु पर्ने भन्दै यादवले महाकाली सन्धिका कारण देशलको पश्चिमी क्षेत्रको भूभागमा अन्तर्राष्ट्रिय हस्तक्षेप भएको बताए ।
उनले शुक्रवार आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा आएर सत्तारुढ पार्टीका कार्यकर्ताले गरेको व्यवहार उचीत नभएको भन्दै आफ्नो राष्ट्रियतामाथि पटकपटक प्रश्न नउठाउन अनुरोध गरे ।
यादवलले भारतसँग यसअघि नै वार्ता गर्ने भनेर पटकपटक भएका ससहमतिहरू कार्यन्वयन नहुनुको कारण समेत उनले माग गरेका थिए ।
यादवले पहिले संविधान संसोधन विधेयक टेबल गरेर पछि प्रमाण खोज्न विज्ञ टोली गर्ने बाटो उल्टो भएको भन्दै प्रधानमन्त्रीलाई कहाँ पुगिन्छ भनेर प्रश्न गरे ।
साथै उनले उक्त विज्ञ टोली समावेशी नभएको भन्दै असन्तुष्टी व्यक्त गरे । र उनले भने आफ्नो पार्टी राष्ट्रियताको सवालमा एक ठाउँमा भएको भन्दै संविधान संसोधनको पक्षमा रहेको जानकारी गराए ।