About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
जनकपुर: एभरेष्ट पेपर उद्योगले रोक्यो ४ सय मजदुरको तलब, श्रमीकहरु आन्दोलित

खोज केन्द्र बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा संचालन भई रहेको देश कै ठूलो कागज कारखाना एभरेष्ट पेपर उद्योगले मजदुरको तलब सुबिधा रोकेको छ । उद्योगले पछिल्लो  ५ महिना देखि मजदुरहरुको ज्याला नदिएको भन्दै मजदुरहरु आन्दोलित हुंदै हडतालमा उत्रेका छन् ।

गत मसीर देखि नै दैनिक ज्यालादारीमा खट्दै गरेका करिब ४ सय मजदुरहरुको ज्याला नदिएपछि उनिहरु कारखानाको मुख्यगेटमा टायर बाली हडतालमा उत्रेका छन् ।

विश्वभरी महामारीको रुपमा फैलि रहेको कोरोना भाइरस रोकथामको लागि सरकारले जारी राखेको करिब ३ महिनाको लामो बन्दाबन्दीको बेला समेत आफूहरुलाई काम गरेको पैसा नदिएपछि ठूलो समस्यामा परेको मजदुर विश्वनाथ यादवले बताए।

यादवका अनुसार केही दिन घरपरिवार चलाउनको लागि पसलबाट उधारो खाँए पछि पैसा तिर्छु भनेर तर आफूले कामगरेको पैसा समयमा नआएर पसल भएको बाटो हिड्न समेत लाज लाग्न थालेकोछ । उनले घरपरिवार चलाउन ठूलो समस्या परेको दुःखेसो पोखे ।

त्यसैगरी अर्को मजदुर दिनेस सिंहले भने, ‘रातदिन हामीहरु काम गर्यौ, काम गरेको रकम नदिएपछि हामीहरु फेक्ट्री अगाडी धर्ना दिएका छौ । 

फैक्ट्री मालिक आफनो फैक्ट्री चलाओस या बन्द गरोस तर हामीहरुले काम गरेको मजदुरी दियोस् ।’ उनले अहिले फेक्ट्री मालिक तयारी अवस्थामा रहेको उत्पादित सामान निकाल्न लागेकोले हामी मजदुरहरु फेक्ट्री गेटमै धर्ना बसेका बताए । उनले जब सम्म हामी मजदुरहरुले काम गरेको रकम दिदैँन तब सम्म तयारी अवस्थामा रहेको सामान निकाल्न दिदैनौं ।

यसरी करिब ५-६ महिना देखि कारखानामा दैनिक ज्यालादारी मजदुरी गर्ने मजदुरहरुलाई संचालकले मजदुरी नदिंदा ठूलो समस्यामा परेको छ । 

उनिहरु जसोतसो ऋण कर्जा गरेर परिवार पालि रहेको बताउँदै संचालकले जब सम्म ज्यालाको भुक्तानी दिंदैन तब सम्म कारखाना संचालन पनि गर्न नदिने र उत्पादित सामान पनि बाहिर लान नदिने अडानका साथ हडतालमा उत्रेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]