About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
१ गतेदेखि सम्पूर्ण कार्यालय खुल्ला, बाइकमा एक्लै गुड्न छुट

खोज केन्द्र बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

निजी चार पाँग्रेमा चालकसहित बढीमा तीनजनाले मात्र यात्रा गर्न पाउनेछन् भने दुई पाँग्रेमा चालक मात्र बस्न पाउनेछन् । पैदल यात्रीले पनि अब आवश्यक सजगता अपनाएर सडकमा हिँड्न पाउनेछन् ।

हिजो राती अबेरसम्म बालुवाटारमा बसेको क्याबिनेट बैठकको मुख्य एजेण्डा लकडाउन खुकुलो बनाउने मोडालिटीमा केन्द्रित थियो । एकातिर कोरोना संक्रमितको संख्या डँढेलो झैँ फैलिइरहेको र अर्कोतर्फ सर्वसाधारणको चुलो चौको नै बन्द भएको अवस्थामा लकडाउनलाई कसरी खुकुलो बनाउने भन्ने अप्ठेरोमा सरकार पर्दै आएकै हो ।

हिजोको बैठकले असार १ गतेदेखि सामाजिक दूरी र सुरक्षाको उपाय कायम गरी सरकारी निकाय तथा कार्यालय सबै खुल्ला गर्ने निर्णय गरेको छ । त्यसैगरी,साना तथा मझौला पसल खुलाउन र जोर बिजोरको आधारमा निजी सवारी साधन पनि चल्न दिने बताइएको छ ।

निजी चार पाँग्रेमा चालकसहित बढीमा तीनजनाले मात्र यात्रा गर्न पाउनेछन् भने दुई पाँग्रेमा चालक मात्र बस्न पाउनेछन् । पैदल यात्रीले पनि अब आवश्यक सजगता अपनाएर सडकमा हिँड्न पाउनेछन् ।

स्थगित एसईई परीक्षा रद्द गरी सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा विद्यार्थीको नतिजा प्रकाशन गर्ने पनि बैठकको निर्णय छ । परिस्थितिको विश्लेषण गरेर सरकारले लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजाने छ ।

बैठकमा आदित्यनाथको चर्चा

सचिवको सरुवालगायतका विषयमा सामान्य छलफल भएपछि बैठकको अन्ततिर प्रधानमन्त्रीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘बढी कुरा’ गरेको धारणा राख्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]