About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
कसरी कमाइन्छ करोडौं ?

खोज केन्द्र बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

राज्य कसरी खोक्रो हुँदैछ ? आमालाई चुसेर कसरी मोटाउँदैंछन् भ्रष्टमतिका कर्मचारीहरु ! एउटा सुब्बा तहको कर्मचारी २२ बर्ष जागिरे जीवनमा साढे ५ करोड सम्पत्ति थुपार्दा फन्दामा परेका छन् ।

कहानी हो,नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेको । २०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा उनले ५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति थुपारेको फेला परेपछि अख्तियारले उनीविरुद्ध आजै भ्रष्टाचार मुद्दा चलाएको छ । 

जबकि उनको वैध आम्दानी १ करोड १७ लाख ४१ हजार मात्र हुन आउँछ । काफ्लेले  यो अवधिमा ७ करोड १७ लाख ४१ हजार कमाएको अनुसन्धानबाट खुल्न आएको छ ।

यसरी आर्जित सम्पत्ति श्रीमती सुशीला काफ्लेको  नाममा लुकाइएको रहेछ । भक्तपुर र काभ्रेपलान्चोक जिल्लामा आफू र श्रीमतीको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्यभन्दा न्यून रकम देखाई जग्गाधनीलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बयान र भुक्तानी भएका चेक तथा बैङ्क स्टेट्मेन्टबाट पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

श्रीमतीको नाममा रहेका जग्गा जमिन, बैंक ब्यालेन्स रोक्का गरी जफत गर्न पनि अख्तियारको माग छ।

उनलाई २ वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना माग गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]