About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
धनुषामा हत्या हिंसा भड्किलो, प्रहरी चौकीमा ढूंगामुढा

खोज केन्द्र बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको सबैलामा फरक फरक घटना भएका कारण तनाव उत्पन्न भएको छ । घटनाबाट आक्रोशित बनेका स्थानीयबासीले प्रहरी चौकीमा ढूंगामुढा समेत गरेका छन ।

प्रहरी चौकीमा राखिएको प्रहरी भ्यानको सिसा फुटेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

प्रहरी हिरासतमा रहेको एक जना शौचालयमा झुन्डिएको अवस्थामा फेला परेपछि तथा सबैलामा नै एक जनाको गोली प्रहारबाट हत्या भए पछि स्थानीयबासीहरु आक्रोशित भएका छन् ।

इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका १२ बरकुर्बाका २३ वर्षीय शम्भु सदा मुसहरको शब शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । १२ जेठमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि उनलाई पक्राउ गरी कारबाही गरिएको थियो ।

उता सबैला नगरपालिका ७ लबटोलीका २५ वर्षीय हारून मण्डलको हत्या गरिएको अवस्थामा शब बरामद भएको छ । घर नजिकै उनलाई छातीमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा शव बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

मृतक युवकको घरभन्दा सय मिटर पर पोखरीको डिलमा कञ्चटमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । उनले भने, ‘गोली हानिएको भनी प्रहरीको प्रारम्भिक अनुसन्धान छ, थप विवरण पोष्टमार्टमपछि मात्र भन्न सकिन्छ ।’

बुधबार बिहान करिब साढे ५ बजेको समयमा घर नजिकै पोखरीको डिलमा स्थानीय जयकिशोर मण्डलका छोराको शव भेटेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सबैलामा जानकारी गराएका थिए। । प्रहरीको टोली पुगेर शवको मुचुकल्कासहित पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनास्थलमा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत आफैं खटिएका छन् । दुबै घटनाको छानबिन अहिले जारी नै रहेको कारण थप कुरा अनुसन्धानबाट मात्रै खुल्ने उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]