´मेरो देश म आफै बनाउंछु` भन्ने मूल नाराका साथ नेपाल जेसीसले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन ।
विदेश्बाट नेपाल भित्रीने र क्वारेन्टाईनमा बस्ने यूवालाई कृषि, पर्यटन र उद्योग प्रति आकर्षित गर्न उत्प्रेरीत जेसीसलाई अवसर प्रदान गर्नका लागि सहकार्य गरिदिन मांग गरेका छन ।
जेसीसको कृषि मा युवा अभियानलाई जेसीस को स्थानिय शाखा मार्फत स्थानिय सरकारसंग काम गर्ने र श्रोत उपयोग गर्ने अवसर दिन मांग गरेको छ । यस्तै जेसीसले ´मेरो देशका लागि मेरो केही र केही योग्दान हुनुपर्दछ` भन्ने भावना बिकास गराउन र भ्रष्टाचार मुक्त समाज निर्माणका लागि ल्याईएको मेरो देश म आफै बनाउंछु अभियानलाई सहयोग गर्न आग्रह गरेको छ ।
जेसीस नेपालका प्रमुख सल्लाहकार सिनेटर मनिष रमन साह, जनकपुरका अध्यक्ष गौतम साह, पुर्ब अध्यक्ष सुधीर पजियार , पुर्ब अध्यक्ष शंकर साह , उपाध्यक्ष आशुतोष साह, उपाध्यक्ष उपेन्द्र कुमार साहको उपस्तिथिमा ज्ञापनपत्र बुझाएको छ।