About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
२ सय ५० घरपरिवारलाई नि:शुल्क भोजन

खोज केन्द्र सोमबार, जेठ २६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, २६ जेष्ठ । लकडाउनमा विपन्न असहायलाई लक्षित गरि रामजानकी तेली कुट्टीद्वारा संचालित नि:शुल्क भोजन शिविर सोमबार ११ औँ दिन पनि जारी रहेको छ । उक्त नि:शुल्क भोजन शिविरमा दैनिक एक हजार भन्दा बढी व्यक्तिलाई खाना खुवाउने गरिएको छ ।

कोरोना भाईरसका कारण आर्थिक रुपमा प्रत्यक्ष असर परेका विपन्न समुदायलाई लक्षित गरी गत विगत ११ दिनदेखि शुरु भएको तेली कुट्टीद्वारा संचालित निःशुल्क भोजन शिविरको सोमबारको खर्च व्यवस्थापन जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी राम नारायण साह तथा चन्द्रकला देवी साहले गरेका थिए ।  उक्त नि:शुल्क भोजन शिविरमा दैनिकजसो करिब २ सय ५० घरपरिवारका झण्डै एक हजार जना भन्दा बढी व्यक्ति लाभान्वित हुने गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह तथा साह दम्पतीले संयुक्तरूपमा भोजन वितरण गर्दै उक्त कार्यको सुरुवात गरेका थिए ।

सोमबार पनि उक्त नि:शुल्क भोजन शिविरमा करिब १ हजार १ सय जनालाई खाना खुवाइएको साह दम्पतीले बताए । शिविरको ११ औँ दिन साह दम्पतीले आफ्नो निजी खर्चमा जनकपुर उपमहानगरपालिकाका करिब सबै वडाका २ सय ५० विपन्न घरपरिवारका १ हजार १ सय जना भन्दा बढीलाई खाना खुवाइएको उनका छोरा बिन्दकिशोर साहले बताए ।

सो अवसरमा मेयर साहका अतिरिक्त वडा नं. ७ का वडाध्यक्ष जानकीराम साह, जसपा नेता मनोज चौधरी, रामजानकी तेली कुट्टीका अध्यक्ष जिवछ साहलगायतको उपस्थिति थियो ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]