About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
मालपोत कार्यालय खुलेसँगै सुरू भयो चहलपहल

खोज केन्द्र आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

लकडाउनसँगै बन्द भएका मालपाेत कार्यालयहरू अढाई महिनापछि खुलेका छन् ।

सरकारले कोरोना भाइरस रोकथामका लागि गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनको अवधि नसकिँदै देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरू आजदेखि खुला गरेकाे हाे ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार ने एक सूचना जारी गरेर आइतबारदेखि मालपाेत कार्यालय खुल्ने जनाएकाे थियाे । यससँगै काठमाडाैँ लगायत विभिन्न जिल्लामा मालपाेत कार्यालयले केही निश्चित सेवाहरू सुरू गरेका छन् ।

आइतबार बिहान १० बजेदेखि नै मालपाेत कार्यालय, चाबहिलमा सेवाग्राहीकाे चहलपहल सुरू भएकाे छ । तर साे कार्यालयबाट आन्तरिक प्रशासन, न्यूनतम मूल्यांकन, मुआब्जा, तलबभत्ता, अड्डाअदालन, महालेखा बेरूजु जस्ता कार्यहरू मात्र सम्पादन हुने जनाइएकाे छ ।

अन्य मालपाेतहरूमा पनि कर्मचारीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा मात्र सञ्चालन गरिएकाे जनाइएकाे छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]