About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
कसले खोज्ने चौधरीको एक खर्बको स्रोत ?

खोज केन्द्र शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भ्रष्टाचार आरोपमा केही महिनाअघि पक्राउ परेका साउदी राजकुमार अल वलिद् बिन तलालले आफ्ना केही व्यवसाय र कारोबारको कोरोना संक्रमणकै बीचमा नेपाली डलर अर्बपति तथा सांसद विनोद चौधरीसँग हिसाब मिलान गरेका छन् ।

चौधरी ग्रुप (सिजी) ले साउदी राजकुमार तलालको केन्यास्थित फेयरमेण्ट द नर्फोक होटल र फेयरमेण्ट मारा सफारी क्लब साउदी रियाल दुई अर्ब ८० करोडमा हालै खरिद गरेको खबर बाहिरिएपछि उक्त तथ्य खुलेको हो । आजको विनिमयदरअनुसार उक्त रकम ९१ अर्ब ८४ करोड रूपैयाँ बराबर हुन आउँछ ।

साउदी राजघरानासँग खटपट शुरु भएपछि तलाल आफ्नो सम्पत्ति व्यवस्थापनमा लागेका हुन् । दरबारले आफ्नो सम्पत्तिको छानबिन,अधिग्रहण,राष्ट्रियकरण वा जफत गर्नसक्ने आँकलनपछि उनले पनि चौधरीबाट प्राप्त रकम साउदी अरेबियाभन्दा बाहिरै हिसाब मिलान गरेको बताइएको छ ।

यस्तो महामारीको समयमा पनि चौधरीले केन्याका महँगा होटल किन किनेका होलान् ? समाचारअनुसार– ‘केन्या सरकारले कोरोना महामारीबाट पर्यटन र होटल क्षेत्रमा परेको असर न्यूनीकरणका लागि दुई अर्ब केन्याली शिलिङ्गको राहत प्याकेजको घोषणा गरिदियो । उता राजकुमार पनि अप्ठेरोमा परेकाले होटल सस्तोमा बेच्न तयार भए ।

कोभिड महामारीको नाममा होटलका अधिकांश कर्मचारी हटाइएको,सस्तोमा पाइएको र सरकारी राहत राम्रै भएकाले हालको अवस्थालाई उनले सुनौलो अवसर ठानेका हुन् ।’

यता,विगतमा लामो समयसम्म एमालेनिकट रहेर अनेक चलखेल तथा स्वार्थपूर्ति गर्दै आएका उनी यतिखेर भने नेपाली काँग्रेसका सांसद हुन् । सुविधाको रातो पासपोर्ट बोकेर विश्वमा व्यापार व्यवसाय गर्दै आएका चौधरीको एसिया र मध्यपूर्वका धेरै वटा देशमा महँगा होटलको चेन नै छ । भारत मात्र होइन युरोपमा समेत वाइवाइको कारखाना खोलेका छन् ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रासम्बन्धी धेरैवटा व्यवस्थालाई सँधै धोती लाउँदै र धज्जी उडाउँदै उनले निर्वाध विदेशी मुद्राको अपचलन पनि गरिरहेकै छन् ।

नबिल बैंकमा उनले आफ्नो र बंगलादेशी कम्पनी एनबी इन्टरनेशनलको नाममा ७५ प्रतिशत भन्दा बढी लगानी गरेका छन् ।

एनबी इन्टरनेशनलको आवरणमा प्राप्त हुने वार्षिक दुई अर्ब रूपैयाँ बराबरको लाभांश वापतको विदेशी मुद्रा उनले सँधै ढाका हुँदै अन्यत्र लैजाने गरेको बताइन्छ । तर, विश्वमै धनी कहलिएका व्यवसायीले अन्यत्रबाट कमाएको नाफा वा विदेशी लगानी कहिल्यै नेपाल ल्याउने गरेका छै्नन् ।

चौधरीले विदेशमा खरिद गर्ने होटल तथा व्यवसाय र प्राप्त आम्दानी पनि मुलुकभित्र देखाउदैनन् । उनले विदेशमा गर्ने सबै खालका खरिद तथा लगानीको औपचारिक स्रोत कहिँ कतै खुल्दैन। पछिल्लो पटक केन्यामा प्रयोग गरेको झण्डै एक खर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा पनि बाहिरैबाट मिलाएका हुन् ।

विश्वव्यापी कोरोना महामारीले सर्वत्रको व्यवसाय विशेषगरी पर्यटन क्षेत्र ध्वस्त भइरहेको बेला चौधरीले भने विदेशमा खर्बौंको किनबेच गरिरहेका छन् । उनै फेरि यता मुलुकको संसदमा राज्यको दायित्व र कर्तव्यको बारेमा ठुल्ठूला प्रवचन दिन्छन् ।

उद्योग वाणिज्य परिसंघको आवरणमा आफू अनुकूलको नीति र राहत ल्याउन सरकार र सम्बन्धित निकायलाई अनुरोध होइन,थर्काउँछन् । अर्थ मन्त्रालयलगायतका सरकारी संयन्त्र उनको अगाडि मूकदर्शक बन्ने गरेका छन् ।

कोरोना महामारीबारे अर्ति, उपदेश दिँदै हिँडेका डलर अर्बपतिले प्रधानमन्त्री कोभिड कोषमा भने हालसम्म एक कौडी पनि योगदान गरेका छैनन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]