लकडाउनका बीच जनकपुरमा प्रहरी ज्यादती बढेको भन्दै दोषी प्रहरीलाई कारवाही गर्न यूथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाले मांग गरेका छन ।
विश्वव्यापीरूपमा फैलिरहेको कोभिड-१९ को कारण २०७६ चैत्र ११ गतेदेखि देश लकडाउनको अवस्थामा रहेको सर्बविद्वितै छ । र, सरकारले लकडाउन घोषना गरेको दिन देखि नै जनकपुरको व्यापारी वर्गले पालना गर्दै आएका छन । तर २२ गाते विहिवारका दिन जनकपुरधामको जानकी मंदिर देखी जनकचौक जाने बाटोमा गिता गिफ़्ट हाउसको संचालक श्याम चौधरी तथा ऊहाको आदरणीय बुवा माथि नेपाल प्रहरी द्वारा पसल बन्द गर्ने क्रममा भएको विवादले प्रहरीले गरेको अमानवीय व्यबहार , निरघात कूटपिट र दमनको भत्सना गर्दै र तत्काल छानवीन गरी दोषी प्रहरी माथि कारवाहीको माँग गर्दछौं, झाले जारी गरेको बिज्ञ प्तीमा उल्लेख छ ।
उक्त घटना मानव अधिकार हनन का साथ साथै नेपालको संबिधान धारा २२ “यातना विरुद्धको हक” को विरोध र हनन गरेको हाम्रो ठहर रहेको झाले बताए ।