About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
अख्तियार : दुई दिनमै १० जनाविरुद्ध मुद्दा

निराजन पौडेल बिहिबार, पौष १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनबीच १४ विरुद्ध मुद्दा दर्ता गरेको छ । अख्तियारले बुधबार डडेल्धुरा बेलडाडी कृषि सडक निर्माणकार्यमा बढी रकम भुक्तानी लिएको उजुरीको आधारमा अनुसन्धान गरेर परशुराम नगरपालिका जोगबुढा, डडेल्धुरामा असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत नरबहादुर बोहराविरुद्ध १ लाख ७३ हजार १९० रुपैयाँ ६१ पैसा मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

बोहरालाई इस्टिमेट, मूल्यांकन सिट र कार्यसम्पन्न प्रतिवेदनसमेतका गलत प्रतिवेदन तयार गरी ‘आफू वा अरू कुनै व्यक्तिलाई गैरकानुनी लाभ पु¥याउने काम गरेको’ अख्तियारद्वारा दायर अभियोगपत्रमा उल्लेख छ ।

त्यस्तै, स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्यांक अधिकृत (छैटौं) मेघनाथ रेग्मीविरुद्ध एकलाख ८ हजार ३८९ रूपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यादेश लिई ‘पीएमटीसीटी तालिम’ कार्यक्रम सञ्चालन गर्दा पेस्की फछ्र्यौटक्रममा नक्कली बिल भर्पाइ पेस गरेको, कार्यक्रम कार्यादेशअनुसार सञ्चालन नभएको तथा असम्बन्धित व्यक्तिलाई दैनिक भ्रमण भत्ता वितरण गरी गैरकानुनी लाभ लिएको पाइएपछि रेग्मीमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ‘क्षय–कुष्ठ’ सहायक (पाँचांै) मनीषकुमार महतोसहित तीन जनाविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गर्दा ४ लाख ८१ हजार ९९५ रूपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले महतोविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । महतोले सञ्चालन गरेका कार्यक्रम कार्यादेशअनुसार नभएको, असम्बन्धित व्यक्तिलाई दैनिक भ्रमण भत्ता वितरण गरेको उजुरी अख्तियारमा परेको थियो ।

उजुरीउपर छानबिनक्रममा विभिन्न मितिमा स्वास्थ्य क्षयरोगसम्बन्धी अभिमुखीकरण, घर दैलो, माइक्रोस्कोपिक क्याम्प, डीएमटी, टुल र हु एमईसीमार्फत परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम तथा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई ‘टीबी मोडुलर तालिम’ सञ्चालन गर्दा विभिन्न शीर्षकमा बैंक दाखिला गरी बाँकी रकम बदनियतसाथ हिनामिना गरेको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

यसैगरी, पेस्की फछ्र्यौट तथा बिल भुक्तानीमा सहयोग गरेको देखिएपछि सोही कार्यालयका तत्कालीन प्रमुख भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार हरिशंकर शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध जनही एकलाख ७८ हजार ४८६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
त्यस्तै, अख्तियारले सहरी विकास तथा भवन निर्माण विभागका इञ्जिनियरविरुद्ध २ लाख ५० हजार भ्रष्टाचार अभियोगमा विषेश अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढी, कैलालीका इञ्जिनियर त्रिलोक जोशीविरुद्ध काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
जोशीले भवन निर्माण ठेक्का सम्झौतामा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा कञ्चनपुरबाट अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५ का वडासचिव (खरिदार) दिनेश बास्कोटाविरूद्ध २५ हजार रुपैयाँ बिगो माग्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनी सेवाग्राहीको घरजग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता प्रयोजनक्रममा रंगेहात पक्राउ परेका हुन् ।
अख्तियारले बर्दिया बढैयाताल गाउँपालिका–६ वडा कार्यालय हाताभित्रको उत्तर पूर्वतर्फ भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन गाउँपालिका सचिवसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । सो गाउँपालिकाका तत्कालीन सचिव मणिराज पौडेल, खरिदार प्रदीप चौधरी, जिल्ला प्राविधिक कार्यालयका सहायक सबइन्जिनियर लोकबहादुर शाही र उपभोक्ता समिति अध्यक्ष अंकार चौधरीविरुद्ध १ लाख ८९ हजार ७५२ रूपैयाँ बिगो माग्दै मुद्दा दायर गरिएको हो ।

भवन निर्माणमा हुँदै नभएको कार्य गरेको, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी, झ्याल ढोकाको चौखट खर्चतर्फ कार्य सम्पन्न प्रतिवेदनभन्दा बढी रकम भुक्तानी दिनेलिने गरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
घुस रकम लिदा फन्दामा घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई घुस लिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ ।

उद्योग दर्ता गर्न ‘सहजीकरण गराइदिन्छु’ भन्दै ७० हजार लिइरहको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो । त्यस्तै, रुपन्देही जिल्ला अदालतका नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मासमेतले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग दुई हजार लिएको अवस्थामा पक्राउ गरेको छ ।

आन्तरिक राजस्व कार्यालय, भैरहवा दरबन्दी भई रूपन्देही जिल्ला अदालतमा लेखासम्बन्धी कामकाज गर्न खटिएका लेखापाल विनोद शर्मा र रुपन्देही जिल्ला अदालतमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश न्यौपानेलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]