About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
बिदेह नगरपालिकामा गर्भवती महिलालाई पोषण सामग्री बितरण

खोज केन्द्र बुधबार, जेठ २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

गर्भवती महिलालाई पोषण सामग्री बितरण :- बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत धनुषाको बिदेह नगरपालिकामा पोषण सामग्री बितरण भएको छ ।

नगरपालिकाका मेयर बेचन दासको प्रमुख अतिथित्य तथा उप मेयर, प्रमुख प्रशासकीय अधिकृत लगायत सबै वडा अध्यक्षहरु, स्वास्थ्य शाखाका कर्मचारिहरु लगायत कार्यक्रमका जिल्ला सन्योजक हेमन्त झाको उपस्थितिमा घ्यू , गेडागुडी लगायत सरसफाइ सामग्री सहितको पोषण सामग्री बितिरण गरिएको छ ।

सामग्री बितरण भन्दा पनि पोषण सम्बन्धि जानकारी तथा व्यवहार परिवर्तनले बढी प्रभाभकारी हुने बिश्वास मेयर दासले बताए । साथै मश्तिष्कको बिकास गर्भमा ३०%, पहिलो बर्षमा २५% तथा दोश्रो बर्षमा २५% गरि बच्चाको दिमागको बिकास २ बर्षको उमेरमा ८०% हुनाले यहि समयमा बढी ध्यान दिनुपर्ने बताए ।

नगरपालिकाको वडा न. ९ मा बर्थिङ सेन्टरको पनि उदघाटन कार्यक्रम रहेको मौकाको सदुपयोग गर्दै पोशण सामग्री बितरण सहित बर्थिङ सेन्टरको उदेश्य सहित पोशण सम्बन्धी जानकारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जीब साहले उल्लेख गरे । 

 मुसहर बस्तिको बाहुलियत रहेको यस वडामा बर्थिङ सेन्टरको अति आब्श्यक्ता रहेको र सोको उपयोगिताको लागि बर्थिङ सेन्टर सन्चालन गरिएकोले अत्यन्त खुशी लगेको मेयर दासले बताए । 

१ सय १० वटा गर्भवतीलाई  पोषण सामग्री बितरण गरिएको छ । सबै वडामा १ हजार ३ सय वटा गर्भवतीलाई पोशण सामग्री बितरण गर्ने योजना रहेको दासले बताए ।  २-३ दिनमै बितरण गर्ने लक्ष्य नगरपालिकाको रहेको छ । 

साथै अषाढ १ गतेदेखी बर्थिङ सेन्टर पनि पुर्णरुपमा सन्चालन गरिने लक्ष्य रहेको अधिकृत साहले बताए । 

करेसावारि प्रबर्द्धनको लागि पोषण सामग्रीमा तरकारिको बीउ समेत बितरण गरिएको कार्यक्रमका जिल्ला संयोजक हेमन्त झाले बताए । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]