About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
ठुलो परिमाणमा अवैध औषधि, मास्क र कपडा बरामद

खोज केन्द्र बुधबार, जेठ २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिराटनगर । कोरोना महामारी को कारणले गर्दा
सिमा नाका सिल रहेको अवस्थामा पनि चोरि तस्करी भई नेपाल भित्रिन लगेको औषधि, मास्क र कपडा गरी १३ लाख भन्दा बढीको सामान रानि प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले मंगलवार बिहान बिराटनगर १६ मा पर्ने दक्षिण गेठ बाट एक घरमा छापा मार्दा ९ बोरा मास्क र औषधिहरु बरामद गरेको हो । जस्को प्रिन्ट मुल्य रु. ८ लाख २८ हजार ९ सय ९५ रुपैया बराबरको रहेको छ ।

नेपाल भारत सिमा नजिकै उक्त ठाउमा केहीदिन देखी संकास्पद गतिविधी भईरहेको देखेर इलाका प्रहरी कार्यालय रानी प्रमुख दिपक थापा को नेतृत्वमा खटेको टोलिले त्याहिको सिता तामाङको घरमा छापामारी औषधिहरु बरामद गरेका हुन ।

९ बोरा मास्क सहित बरामद भएको औषधिहरुमा Tigebest usb नामको औषधि २० थान, Baxalta १०० एमएल को २० प्याकेट, Humanrabies immunoylobulin नामको औषधि ६ थान, Vasopressin injection j.p. नामको सुई मा प्रयोग हुने औषधि १६ प्याकेट, Lebetalol injection नामको सुईमा प्रयोग हुने औषधि १६ प्याकेट र ८० थान Meropenen injection ip नामको औषधि लगायत रहेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले सोमवार एक ट्याम्पु बाट ४ सय ५० थान बढी कपडाहरु बरामद गरेका हुन। बिराटनगर १४ मलायारोडमा मा नियमित खट्ने प्रहरीले ट्याम्पु रोक्न खोज्दा नरोकिए पछी त्यस्लाई पछ्याएर बिधुत प्रधिकरण अगाड़ी बाट को २ ह २२१६ नम्बर को ट्याम्पुलाई रोकेर नियंत्रणमा लिदा उक्त ट्याम्पु बाट साड़ी, बनारसी साड़ी, सुति साड़ी, थान कपडा, टप र कुर्ता सुरुवालको पिस गरी ४ सय ५० थान भन्दा बढी कपडाहरु रहेको फ़ेला परेको थियो । उक्त ट्याम्पु चालक ट्याम्पु छाडी भागेको प्रहरीको भनाई छ ।

बरामद भएको कपडाहरुको भन्सार मुल्य ट्याम्पु समेत ५ लाख रुपैया भन्दा बढी भएको र बरामद भएको सामानहरुको बिषयमा थप अनुसंधान भईरहेको इलाका प्रहरी कार्यालय रानी को प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]