About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
रुकुममा समाजिक नरसंहार गर्नेलाई कडा कारवाही गर्न जनकपुरको साँसदको मांग

खोज केन्द्र मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, २० जेठ । रुकुम पश्चिममा दलित युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै  प्रदेश २ का साँसदद्वय परमेश्वर साह र रामअशिष यादवले यो जातिय विभेद होइन, सामाजिक नरसंंहार हो । न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ धनुषाको आयोजनामा मंगलवार जनकपुरधाममा आयोजित ‘दीप प्रज्वलन’ कार्यक्रममा साँसदद्वयले सो कुरा बताएका हुन । घटनाको यर्थात कुरा राज्यलाई थाहा हुँदाहुँदैन पनि सरकारले गम्भीरता नदेखाउनु हामी सबैको लागि दुर्भाग्य हो —साँसदद्वयले भने  ‘अपराधको विरुद्धमा दलित, मधेशी, अल्पसंख्यक मात्र होइन, सबै मिलेर लड्नु पर्छ । ’

दोषीमाथि कारवाही हुनुपर्छ । अहिलेसम्म दोषीलाई नसमात्नु दुःखद कुरा हो साँसद साहले भने ‘यो घटनाले अपराधलाई बढावा दिने भयो ।’

संघका अध्यक्ष कुलदीप दास प्रेमको नेतृत्वमा भएको दीप प्रज्वलन कार्यक्रममा अर्को साँसद राम अशिष यादवले जबसम्म अपराधलाई राज्यले बढावा दिन्छ तबसम्म सम्पन्न राष्ट्र बन्दैन । यो जातिय छुवाछुत होइन, छुवाछुत माथिको अपराध हो । दोषीलाई कानूनी कारवाहीमा नल्याएमा जनता चुप लागेर बस्दैन । यो घटनाले गणतन्त्र नगराउने जिकिर गरेका छन् ।

त्यस्तै वरिष्ठ पत्रकार श्याम सुन्दर शशिले घटनाप्रति आक्रोशित हुँदै भने, ‘दलितले प्रेम गर्न पाउँछ कि पाउँदैन । दलितका बच्चाले प्रेम गरेमा हत्या गरिदिने कहाँको संविधानमा लेखेको हो ।’ उनले यो ठूलो अपराध हो । अपराधी जुनसुकैलाई पनि कारवाही हुनैपर्छ तब मात्र कानूनी राज्यको परिकल्पना गर्न सकिने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाली काँग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोज कुमार साह, महिला अधिकारकर्मी मुन्नी देवी दास, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास सहितका व्यक्तिहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कारवाहीको माँग गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा सैयौंको संख्यामा अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]