जनकपुरधाम । प्रदेश २ अन्तर्गत विभिन्न जिल्लाको अस्पताल स्तरोन्नती गर्न प्रदेश सरकारले कोरोना कोषबाट रू. ८ करोडभन्दा बढी रकम निकासा गरेको छ ।
कोरोना महामारी नियन्त्रण तथा उपचारमा सहज बनाउनका लागि प्रदेशका विभिन्न अस्पताललाई सरकारले स्थापना गरेको कोरोना कोषबाट रू. ८ करोड २३ लाख २५ हजार रकम निकासा गरेको हो ।
उक्त कोषबाट प्रदेशका विभिन्न अस्पतालले हालसम्म रू.८ करोड २३ लाख २५ हजार रकम निकासा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बताएको छ । दुई चरणमा गरी रकम निकासा गरेको सरकारले पछिल्लो चरणमा मात्र प्रदेशका विभिन्न अस्पताललको लागि रू.५ करोड १३ लाख ७५ हजार निकासा गरेको हो ।
कोरोना भारइस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट रकम पठाइएको अस्पतालहरुमा पर्सा जिल्ला स्थत पोखरिया अस्पताललाई औजार उपकरण खरीद गर्न रू.१० लाख, जनशक्ति व्यवस्थापन गर्न रू.१० लाख, कोभिड– १९ संक्रमित व्यक्तिहरु एवं स्वास्थ्यकर्मीहरुका लागि खाजा, खाना एवं पानी व्यवस्थापन गर्न रू.१० लाख, औषधि खरीद गर्न रू.५ लाख र खानेपानी व्यवस्थापन गर्न रू.२ लाख गरी जम्मा रू. ३७ लाख प्रदान गरिएको छ ।
रौतहट जिल्लास्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुका लागि खाजा, खाना तथा पानी व्यवस्था तर्फ रू.२५ लाख, औषधि खरीदका लागि रू.५ लाख, पानीको धारा एवं विद्युत् महसुलमा रू. ६ लाख, पीपीई र सेनीटाइजर आदि खरीदमा रू.४ लाख, मेसिनरी औजार मर्मतमा रू.१ लाख ५० हजार, जनशक्ति व्यवस्थापनमा रू.१० लाख, सरसफाईमा रू.१ लाख ५० हजार र बेड सेट खरीद गर्नका लागि रू.३ लाख गरी जम्मा रू. ५६ लाख निकासा गरिएको छ ।
त्यसैगरि सर्लाही जिल्ला स्थित मलंगवा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि खरीदतर्फ रू.५ लाख, जनशक्ति व्यवस्थापनका लागि रू.१० लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न रू.१० लाख, मेशिनरी औजार उपकरण खरीद गर्न रू.२ लाख, बेड तथा फर्निचर व्यवस्थाका लागि रू.५ लाख, क्वारेन्टाइन बास खर्चका लागि रू.४ लाख, कार्यालय सामग्री र ईन्धनका लागि रू.१/ १ लाख, सवारी साधन भाडामा लिन रू.१ लाख, आईसोलेशन भवन मर्मत संभारका लागि रू.१ लाख, संचार महसुल रू.२५ हजार र पानी तथा विद्युत् महसुल रू.५० हजार गरी जम्मा रू.४० लाख ७५ हजार निकासा भएको छ ।
सप्तरी जिल्ला स्थित भारदह अस्पतालमा प्रिफ्याब भवन निर्माणका लागि रू.१ करोड ७५ लाख, फर्निचर फिक्सचरतर्फ रू.२५ लाख, शौचालय निर्माणतर्फ रू.२५ लाख, अस्पताल रंगरोगनका लागि रू.१० लाख, ल्याब सेटअपकालागि रू.५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिंगतर्फ रू.५ लाख गरी जम्मा रू. २ करोड ९० लाख रकम पठाइएको छ ।
यता सिरहा जिल्ला स्थित सिराहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि एवं स्वास्थ्य सामग्री खरीदतर्फ रू.१० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि रू.१० लाख, सिसिटीभि एवं मेशिनरी औजार खरीद गर्नका लागि रू.५ लाख, बेड सेट एवं फर्निचर खरीद गर्न रू. ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि रू.५ लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न रू.१० लाख, आईसोलेशन कक्ष निर्माणका लागि आवश्यक भौतिक पुर्वाधार विकासतर्फ रू.१० लाख गरी जम्मा रू. ६५ लाख र सप्तरी जिल्ला स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साईकृष्ण मेडिकल कलेज कोभिड– १९ लेभल १ अस्पतालमा आईसोलेशन कक्ष निर्माण गर्न नेपाली सेनाको भिमदल गणलाई रू. २५ लाख उपलब्ध गराइएको छ ।
रकम पठाइएको अस्पतालमा पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारले यसअघि उपचार कोषबाट गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताललाई रू.१० लाख, सप्तरीको भारदह अस्पताललाई रू.३१ लाख, लहान अस्पताललाई रू.१९ लाख ५० हजार, सिरहा अस्पताललाई रू.१९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई रू.३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई रू.१९ लाख ५० हजार, मलंगवा अस्पताललाई रू.१९ लाख ५० हजार, गौर अस्पताललाई रू.१९ लाख ५० हजार, कलैया अस्पताललाई रू.३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई रू.३१ लाख २५ हजार, र नारायणी अस्पताललाई विरगञ्जलाई खाद्यान्नको लागि रू.२५ लाख तथा पीसीआर मेसिन संचालनको लागि रू.५० लाख गरि रू.३ करोड ९ लाख, ५० हजार रकम उपलब्ध गराएको थियो ।
प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेटबाट समेत विभिन्न अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ ।