About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
चीन र भारतबीचको सीमा विवाद चरमउत्कर्षमा

लद्दाखमा दुबै देशले बढाए सैनिक र हतियार

खोज केन्द्र सोमबार, जेठ १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

एजेन्सी, । कोरोनाभाइरस महामारीका बावजुद भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच विवाद चरमउत्कर्षमा पुगेकाे छ । तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

लद्दाखमा विगत २५ दिनदेखि भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा विवाद हुँदै आएको छ । पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो ।

सैन्य तथा कुट्नीतिक स्तरमा उत्पन्न तनावलाई रोक्ने प्रयासहरू जारी नै रहेको अवस्थामा दुबै देशले सम्भावित भिडन्तलाई ध्यानमा राख्दै सैनिक, हतियार र तिनको गतिविधि बढाएका हुन्।

टाइम्स अफ इण्डियाले श्रोतलाई उदृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखको नियन्त्रण रेखा नजिक आफ्नो सैन्य रणनीति अन्तरगत आर्टलरी बन्दुक, पैदल सेनाको लडाई सवारी साधन र भारी सैन्य उपकरणहरु क्रमिकरूपमा थपिरहेको जनाएको छ ।

यसैगरी भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तोपखानाको बन्दुक जस्ता हतियारहरू बढाउन सुरू गरेको छ । भारतीय वायुसेनाले त्यहाँ कडा हवाइ निरिक्षण गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यध्यपी यसको आधिकारिक संख्या पुष्टि हुन सकेको छैन ।

यस महिनाको सुरूमा चिनियाँ सेना र भारतीयबीच झडप समेत भएकाे थियाे । सीमामा घुसपैठ गर्न खोजेपछि भारतीय सेना टाेलीलाई चिनियाँ सेनाले नियन्त्रणमा पनि लिएकाे थियाे । भारतीय सेनाले चिनियाँ सेनाले आफ्नो घूसपैंठको गर्न खाेजेकाे बताउँदै अाएकाे छ ।

भारतीय सेनाले चीनको यस कदमलाई आफूमाथि दबाब बढाउने चिनियाँ रणनीति भएको निष्कर्ष निकालेको छ। ‘हामी चिनियाँहरूको यो चलाखीका बारेमा सचेत छौं। भारतीय सेना आफ्नो अडानमा अडिग छ र यी क्षेत्रमा पूर्वतः अवस्था नआउँदासम्म हामी केही स्वीकार गर्ने छैनौं,’ एक वरिष्ठ भारतीय सैन्य अधिकारीले भने ।

अघिल्लो शुक्रबार भारतीय सेना प्रमुख एमएम नाराभान पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै त्यहाँ पुगेकाे थिए । भारतीय सेनाको गस्तीमा चिनियाँ सेनाले बाधा पुर्याएको भारतीय पक्षको भनाइ छ । साथै भारतको सार्वभौमसत्ता र सुरक्षाको लागि आफूहरु प्रतिबद्ध रहेको भारतीय सेनाले जनाएको छ ।

भारत र चीनका फौजहरुबीच प्योंग्यांग त्सो लेकस्थित केहीअघि भनाभन भएको थियो । साथै भारतीय पक्षले त्यस लगायत तीन स्थानमा आफ्नो भूमि चीनले कब्जा गरेको दावी गर्दैआएको छ ।
चिनियाँ सिपाहीहरुले सीमा क्षेत्र नै पार गरी भारतीय भूमिमा बस्न थालेको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: ‘कामचोर’ १२निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण
पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघको मांग
३९ तोला चाँदी सहित चोरी अभियोगमा जनकपुरबाट दुई जना पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]