About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
धनुषा नाकाबाट भारतबाट आउने नेपालीहरुको प्रवेश बन्द हुँदा सयौं भोकभोकै र अलपत्र

खोज केन्द्र शनिबार, जेठ १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जिल्ला प्रशासन कार्यालयले धनुषा नाकाबाट भारतबाट आउने नेपालीहरुको प्रवेश बन्द गरेको छ। नेपालीहरुको प्रवेश बन्द हुँदा सयौं मजदुर भोकभोकै र अलपत्र परेका छन । 

गृह मन्त्रालयले जारी गरेको नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ मा धनुषाको कुनै नाका नपरेकोले जिल्ला प्रशासन कार्यालयले विहिबारदेखि प्रवेश बन्द गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गृह मन्त्रालयले जारी गरेको आदेशमा धनुषाको कुनै नाका नपरेपछि यसअघि भइरहेको प्रवेशलाई बन्द गरिएको जानकारी दिए। 

यसअघि भारतमा रहेका नेपालीलाई स्वदेश भित्र्याउन धनुषाको जटही र खजुरी नाका खुला गरिएको थियो। 

धनुषाको मुख्य नाका जटही १ जेठदेखि खुला गरिएको थियो भने दुई दिनअघि खजुरी नाका सञ्चालनमा ल्याएको थियो।

धनुषाका नाकाहरु बन्द गरे पनि प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा नाकाबाट स्वदेश आउन चाहने नेपालीहरुका लागि केही नाका खुला गरेको बताइएको छ।

सप्तरीको कुनौली, सिरहाको माडर, सर्लाहीको सोनवर्षा, रौतहटको गौर र पर्साको वीरगंज नाकाबाट नेपालीहरुलाई स्वदेश फर्किन सक्ने गरी आदेश जारी भएको निरौलाले बताए। 

‘नेपालीलाई स्वदेश फर्काउन जारी भएको आदेशमा धनुषाको नाका परेको छैन, आदेशमा नपरेपछि यताबाट प्रवेश बन्द गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘अन्य जिल्लाका केही नाकाहरुबाट अनुमति दिइएको छ, आउन चाहने धनुषाका नागरिकपनि उतैबाट आउनुपर्ने भयो।’

भारतमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने निर्णय भएसँगै धनुषाको जटही नाकाबाट मात्रै पाँच हजारभन्दा बढी नेपाली भित्रिएका छन्।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]