About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
दर्ता भएन सजपाको संविधान संशोधन विधेयक

खोज केन्द्र शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । संसद सचिवालयले गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार गरेको छ ।

जनता पार्टी, नेपालका नेताहरु संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए । तर संसदका महासचिव भरतराज गौतमले सभामुखसँग पनि परामर्श गर्नुपर्ने भन्दै दर्ता गर्न मानेनन् ।

उनले आइतबार दर्ता हुने नहुने जानकारी दिने बताएको नेता केशव झाले बताए । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको थियो ।

विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए ।

तर सरकारले आफ्नो माग सम्बोधन गर्ने सम्भावना नदेखेपछि  सजपा नेताहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा फेल भएको विधेयकलाई नै फेरि दर्ता गर्न खोजेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]