About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
धनुषा जटही नाकामा मृत्यु भएका युवकमा कोरोना देखिएन, झण्डै ६ घन्टा एम्बुलेन्स र उपचारका लागि पर्खेका थिए यादव

खोज केन्द्र शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारतबाट फर्किने क्रममा धनुषाको जटही सीमामै मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि भएको छ ।

चार महिनाअघि रोजगारीका लागि भारतको सुरतको होटलमा कार्यरत  धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको घर फर्किने क्रममा बुधबार बिहान जटही नाकामा ज्यान गएको थियो ।

बिहानै ३ बजे सीमामा आएका यादव झण्डै ६ घन्टा एम्बुलेन्स र उपचारका लागि पर्खेका थिए,मृतकका परिवारजन भन्छन- सरकारको लापरवाही का कारण आफ्न्तपर्‍यो । 

उनको शवलाई नेपाली सेनाको टोलीले बुधबारै प्रादेशिक अस्पतालमा ल्याएपछि स्वाब संकलन गरिएको थियो । स्वाब संकलनपछि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

कोरोना नदेखिएपछि उनको मृत्यु भोककै कारण भएको परिवारले दावी गरेको छ । झण्डै महिना दिनदेखि च्यूरा र भुजा मात्रै खान बाध्य भएका उनी जटही नाकामा आउँदा बेहोस भएका थिए । भोकले थलिएका उनले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए ।

उनको फोन आएलगत्तै उनका भाइ धिरेन्द्रसहित परिवारका ४ जना राति दुई घण्टा लगाएर एम्बुलेन्स खोजेका थिए । तर उनलाई ल्याउन नदिँदा भोकले बेहोस भएर उनको मृत्यु भएको परिवारजनले बताउँदै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]