About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
नयाँ नक्साका लागि गर्न लागेको संबिधान संशोधनमा मधेशको माग पनि संगै समेट: प्रमुख सचेतक अरगडिया

खोज केन्द्र बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले नयाँ नक्साका लागि गर्न लागेको संबिधान संशोधनमा मधेशको माग पनि संगै समेटनुपर्ने जनता समाजबादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगडियाले दबाब दिएका छन ।

बिगतमा भएको संबैधानिक त्रुटीलाई मधेसी, जनजाति, आदिवासी, मुस्लिम तथा महिलाको अधिकार सुनिश्चित गर्न संसोधन प्रस्ताब ल्याउन दबाब दिएका हुन ।

नेकपा र कांग्रेसको कारण नेपालको चारैतिरको भूभाग अतित्रमण भएको प्रमुख सचेतक अरगडियाले दाबी गरे । 

उनले सरकारको मौनता र सरकारी निकायकै बदमासीका  कारण मधेसीले अपमानित जिन्दगी जिउनु परिरहेको भन्दै यसका लागि आफूले संघीय सदनमा जोडदार आवाज उठाउने समेत बताए ।

जनता समाजवादी पार्टीको सांसद एवं धनुषा निर्वाचन क्षेत्र २ का  प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले भोक र उपचार नपाएर जनता मर्नु देशको लागि लज्जास्पद बिषय भएको बताएका छन । 

सरकारले भोकले अब कोहि पनि मर्न नपर्ने भनेर पटकपटक भन्दै आएपनि देशका नागरिक भोकै मर्नु परेको भन्दै उनले दु:ख व्यक्त गरेका हुन । 

बुधबार धनुषाको जटही नाकामा उपचार नपाएर र भोककै कारण ज्यान गुमाएका धनुषा शहिदनगरका बिरेन्द्र गुरमैता यादव प्रति श्रद्धाञ्जलीसमेत अर्पण गरे । 

सांसद अरगरियाले सामाजिक संजाल उहाको फेसबूक पेज मार्फत उनले जनताले उपचार नपाएर र भोककै कारणले ज्यान गुमाउनु सरकारको लागि हास्यास्पद र लाजको बिषय भएको अप्पन जनकपुरधाम समाचार दातालाई टेलिफोनमा बताए ।

सरकार गफ र भाषणमा मात्रै सिमित भएको आरोप उनको छ । देशमा कोरोनाले भयावह रुप लिदै गएपनि सरकार कुकर्ममै लागेको उनले बताए । 

 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]