About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
आज दिउँसो ४ बजे नयाँ बजेट पेस, १६ खर्ब ९३ अर्ब रुपैयाँ हाराहारीको बजेट निर्माण

खोज केन्द्र बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

अर्थमन्त्री डा. युवराज खतिवडाले आज (बिहीबार) दिउँसो ४ बजे नयाँ बजेट पेस गर्ने भएका छन् । उनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट पेस गर्नेछन् । सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीसहित १६ खर्ब ९३ अर्ब रुपैयाँ हाराहारीको बजेट निर्माण गर्ने बताइएको छ । चालू आवको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको हो ।

कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिकलगायतका क्षेत्रलाई राहतसमेत उपलब्ध गराउने गरी बजेट ल्याइनेछ ।कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिनेछ । यसैगरी, कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रूपान्तरणमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइनेछ ।

उत्पादनशील रोजगारी र श्रम व्यवस्थापन, साना, घरेलु, मझौला र ठूला उद्योग व्यवसाय पुनस्र्थापना र प्रवद्र्धन बजेटको प्राथमिकतामा पर्नेछन् । करको दर बढाइने र ११ खर्ब राजस्व परिचालनको लक्ष्य लिने गरी बजेट ल्याइने अर्थ मन्त्रालय स्रोतले बतायो । तर, चालू आवको १० महिनाको अवधिमा राजस्व ६ खर्ब ६० अर्ब रुपैयाँ मात्रा उठेको छ । चालू वर्ष ११ खर्ब ७० अर्ब राजस्व उठाउने लक्ष्य थियो ।

वैदेशिक अनुदान १ खर्ब रुपैयाँ, ६ प्रतिशत आन्तरिक ऋण र नपुग रकम वैदेशिक ऋण परिचालन गरिनेछ । यसैबीच रातो किताब छाप्न अर्थ मन्त्रालयले मंगलबार विभागलाई पत्राचार गरेपछि मुद्रण विभागले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटको रातो किताब छपाइ सुरु गरेको छ । विभागले बुधबार बिहानबाट किताब छपाइ सुरु गरेको हो ।

यस वर्ष पाँच सयओटा मात्र रातो किताब छापिने बताइएको छ । यसअघि १५ सय प्रति छापिन्थ्यो । रातो किताबबाहेकका बजेट सामग्री भने बिहीबार १ बजेबाट छाप्न सुरु गरिनेछ । विभागले उच्च सुरक्षा सतर्कताबीच बजेटसम्बन्धी सामग्री छापिरहेको बताइएको छ ।

बजेट गोपनीयतामा मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । कुल बजेट अंक खुल्ने पृष्ठ विभागमा नपठाई मन्त्रालयबाटै व्यवस्थापन गरिने पनि स्रोतले जानकारी दिएको छ । विभागले ५० जना कर्मचारीलाई पीपीई सेटसहित बजेट छपाइमा खटाएको छ । सबै कर्मचारीलाई खाजा खानाको व्यवस्था विभागभित्रै गरिएको छ ।

छपाइमा खटिएका कर्मचारीले मोबाइल प्रयोग गर्न पाउँदैन । उनीहरू बिहीबार ५ बजेपछि मात्र बाहिर आउन पाउनेछन् । बजेट सामग्री गोपनीयता र सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जना प्रहरी खटाइएको छ ।

रातो किताबमा व्ययको अनुमान, खर्चको शीर्षकगत विवरण, वैदेशिक अनुदान र ऋणको विवरण खुलाइएको हुन्छ । रातो किताबबाहेक संसद्मा अर्थमन्त्रीले पढ्ने बजेट भाषण र विनियोजन विधेयक छाप्नुपर्छ । विनियोजन विधेयक भने अर्थ मन्त्रालयभित्रै छापिन्छ ।

४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यसअघि नै बैठक कक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गरेका छन् । बजेट भाषणलगत्तै प्रतिनिधिसभाको अर्को बैठक बिहीबार साँझ ६ बजे बस्नेछ ।

अर्थमन्त्री खतिवडाका अनुसार आगामी बजेटमा द्रुत आर्थिक वृद्धिका लागि निजी क्षेत्रको लगानी तथा व्यवसाय प्रवद्र्धन गरिनेछ । उनले भने, ‘उत्पादनका साधनको सामूहिकीकरण, स्थानीय स्रोतको परिचालन, आर्थिक तथा सामाजिक रूपान्तरणबाट सामाजिक न्यायसहितको द्रुत विकास गर्न सहकारी तथा सामुदायिक र गैरसरकारी क्षेत्रलाई परिचालन गरिनेछ ।’

यसैगरी, आगामी बजेटमा सबै नागरिकलाई साक्षर बनाउने अभियानलाई प्राथमिकतामा राखिने भएको छ । गुणस्तरीय र जीवन उपयोगी शिक्षाको अवसर सुनिश्चित गरी उत्पादक नागरिक तयार गर्ने सरकारको योजना छ । यसकालाई आधारभूत तथा माध्यमिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यमिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिइनेछ ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]