धनुषाको औरही गपा अध्यक्ष यादवले नियमविपरित बिद्यालय समिति गठन गरेको खुलेको छ ।
औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित सर्वोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गोप्य रुपमा पछडीको मिति खडा गरी परमेश्वर साहलाई चयन गरिएको अभिभावकहरुको आरोप छ।
गाउँपालिका अन्तरगत रहेको गाउँपालिका शिक्षा समितिले साहलाई चैत्र ४ गते को मितिमा अध्यक्ष बनाएपछी बिबाद उत्पन्न भएको हो ।
समितिको सदस्यहरुमा दीप रोशन यादव उर्फ दीपक, मकेश्वर प्रसाद साह, संजीता सहनीरहेका छन् । त्यस्तै पदनीय सदस्यमा सोही वडाका वडा अध्यक्ष अशेश्वर यादव, पदनीय सचिवमा विद्यालयका प्राध्यापक गणेश साह र शिक्षक सोभन साह रहेको जनाइएको छ ।
अभिभावकहरुले बिरोध प्रदर्शन गर्दै उक्त समिति खारेज गर्न मांग गरेका छन । समिति खारेज नभए चरणवद्व रुपमा आन्दोलनमा उत्रने स्थानियहरुले जानकारी दिएको छ ।